काठमाडौँ, २५ मंसिर ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको १३४ ओटा पदका लागि ५ सय ४८ जनाको उम्मेद्वारी परेको छ । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति भने १६७ सदस्यीय हुनेछ ।
त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिबार ५ सय ४८ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
त्यस्तै, सह–महामन्त्री खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट गरी जम्मा ८ जनाको पदमा २० जनाको उम्मेद्वारी परेको छ ।
केन्द्रीय सदस्य पदहरूमा निम्नानुसारले उमेद्वारी दिएका छन्ः
थारुतर्फ १४,
मधेसीतर्फ ३२,
आदिवासी जनजातितर्फ ८७,
खसआर्य ९३,
दलिततर्फ ३९,
महिलातर्फ ३१,
पिछडिएको क्षेत्रतर्फ २,
अपाङ्गता भएकाहरूका तर्फ १६,
अल्पसंख्यकतर्फ ६,
मुस्लिमतर्फ १६,
खुलातर्फ १०९ जना
प्रदेश १ बाट १३
प्रदेश २ बाट ५
वाग्मती प्रदेशबाट ९
गण्डकी प्रदेशबाट ७
लुम्बिनी प्रदेशबाट ११
कर्णाली प्रदेशबाट ७
सुदूरपश्चिम प्रदेशबाट १२
उम्मेदवारहरूको दाबी विरोध गर्ने समय आइतबार बिहान ११ बजेसम्म रहेको छ । दिउँसो १ बजेसम्मलाई भने उम्मेदवारी फिर्ताको समय तोकिएको छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।





