को बन्ला नेपाली कांग्रेसको भावी सभापति ?

भरतपुर, २५ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा वर्तमान सभापति शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । सो समयसीमाभित्र […]
मानव सेवा आश्रमको भवन बनाउन भोलिदेखि महायज्ञ

भरतपुर, २५ मंसिर । मानव सेवा आश्रम चितवनको भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आइतबारदेखि सुरु हुँदैछ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महायज्ञको तयारी पूरा भएको जानकारी गराइएको छ । समाजसेवी तथा जग्गादाता स्वर्गीय भगवानदास श्रेष्ठकी श्रीमती कल्याणी श्रेष्ठले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि बिहान ११ बजे नारायणी किनारबाट कलश यात्रासहित नगर परिक्रमा […]
एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

भक्तपुर, २५ मङ्सिर। नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरमा जारी रहेको ९एमाले०को दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । बैठकले […]
नेपालमा कोरोना भाइरस विरुद्धको खोप दुई करोड मात्रा लगाइयो

काठमाडौँ, २५ मङ्सिर । नेपालमा कोरोना भाइरसविरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताउनुभयो । उहाँका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ । तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक […]
सभापति पदमा ६ जनाको उमेद्वारी

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाको उम्मेदवारी परेको छ । यस्तै, दुई उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको छ भने दुई महामन्त्री पदका लागि ६ जनाले उमेद्वारी दिएका छन् । सभापति पदमा देउवासँग शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले प्रतिस्पार्धा गर्ने भएका छन् । […]
१३४ पदका लागि ५४८ जनाको उमेद्वारी

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको १३४ ओटा पदका लागि ५ सय ४८ जनाको उम्मेद्वारी परेको छ । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति भने १६७ सदस्यीय हुनेछ । त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिबार ५ सय ४८ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । एक जना सभापतिका लागि […]
फोनिज चितवनको नेतृत्व रमेश रानामगरलाई

भरतपुर, २५ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा रमेश रानामगर चयन भएका छन् । शनिबार भरतपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई र कोषाध्यक्षमा कमलमान श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको हो । नयाँ कार्यसमितिलाई फोनिजका केन्द्रीय […]
विकूलाई उत्पादनमुखी कार्यक्रममा केन्द्रित हुन नगरप्रमुख पौडेलको आग्रह

गैँडाकोट, २५ मंसिर । विकू बचत तथा ऋण सहकारी संस्थाको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । तीन इकाइमा रहेर मसिर ११ गते कावासोती १६ डण्डाबजारबाट सुरु भएको साधारणसभा गैँडाकोटको विजय सामुदायिक शिक्षा सदन सभाहलमा शनिबार सम्पन्न भएको हो । सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उत्पादनमुखी कार्यक्रममा केन्द्रित भएर लाग्न सहकारीलाई आग्रह […]
कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका […]
फोनिज नवलपुरमा चन्दा गुरुङको नेतृत्व

कावासोती, २५ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनले ३ वर्षका लागि चन्दा गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजन थकाली, सचिवमा टोलबहादुर रानामगर, कोषाध्यक्षमा यामु कुमाल र सहसचिवमा कृष्णमाया थापा सर्वसम्मत चयन भएका हुन् […]
निर्वाचन कार्यक्रम सुरु हुँदै, आज मनोनयन दर्ता र दाबी विरोध तथा जाँचबुझ

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ । पार्टीले निर्वाचन कार्यक्रम यसअघिनै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन भइसकेको छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने भएको छ । आज साँझ […]