फोनिज चितवनको नेतृत्व रमेश रानामगरलाई

भरतपुर, २५ मंसिर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा रमेश रानामगर चयन भएका छन् । शनिबार भरतपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई र कोषाध्यक्षमा कमलमान श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको हो । नयाँ कार्यसमितिलाई फोनिजका केन्द्रीय सदस्य राजु चौधरीले सपथ गराएका थिए ।

१३ सदस्यीय नयाँ कार्यसमितिमा आश्मा राई (महिला), अपेक्षा चौधरी (महिला), सुनिलकुमार श्रेष्ठ (खुला), मनोज चौधरी (खुला), सूचना गुरुङ (खुला), दीपेन्द्र चौधरी (संस्थागत), बबिलाल तामाङ (संस्थागत) र प्रतिमा कुमाल (अल्पसंख्यक) चयन भएका छन् ।

सन्दीपकुमार श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

फोनिज चितवनको अधिवेशनअघि भएको आठौं वार्षिक साधारणसभामा तीनजना पत्रकारलाई सम्मान गरिएको छ । फोनिजको संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, पत्रकार बबिलाल तामाङ र पत्रकार प्रतिमा कुमाललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालको प्रमुख आतिथ्यतामा पत्रकारहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ‘फोनिज सन्देश चितवन’समेत सार्वजनिक गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट