विकूलाई उत्पादनमुखी कार्यक्रममा केन्द्रित हुन नगरप्रमुख पौडेलको आग्रह

गैँडाकोट, २५ मंसिर ।
विकू बचत तथा ऋण सहकारी संस्थाको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । तीन इकाइमा रहेर मसिर ११ गते कावासोती १६ डण्डाबजारबाट सुरु भएको साधारणसभा गैँडाकोटको विजय सामुदायिक शिक्षा सदन सभाहलमा शनिबार सम्पन्न भएको हो । सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उत्पादनमुखी कार्यक्रममा केन्द्रित भएर लाग्न सहकारीलाई आग्रह गरे । उनले आगामी दिनमा सहकारी र स्थानीय तह सहकार्य गरेर अगाडी बढ्न सकेमा उत्पादनशील नगरका रुपमा गैँडाकोट नगरपालिका परिचित हुने विश्वास व्यक्त गरे । साथै आगामी दिनमा नगरपालिकाबाट प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका बजेट विकूलगायतका सहकारी संस्थाको माध्यमबाट अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रमका सभापति एवं विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले विकू स्थापनाका अवधारणाबारे जानकारी गराएका थिए । उनले आवश्यकताको पहिचान गरेर त्यसको परिपूर्ति गर्न सक्नु नै विकास हो भन्ने कुरालाई विकूले अवलम्वन गर्दै आएको बताउँदै विकूलाई कल्पबृक्षको संज्ञा दिए ।
अध्यक्ष सापकोटाले ‘गरे के हुदैँन ?’ भन्ने उदाहरणको रुपमा समुदायमा विकू रहेको बताए । ५० पैसाबाट सुरु भएको विकूमा अहिले २२ सेवा केन्द्रमार्फत १ लाख सेयर सदस्यले सेवा पाएको उनले बताए । व्यक्तिले संस्था सञ्चालन गर्ने नभई बिधि नीति र पद्धतिले सञ्चालन हुने उनको भनाई छ ।

सो अवसरमा सञ्चालक समितिका सदस्य गोविन्द कंडेलले गत आर्थिक वर्ष २०७७/०७८ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कालिदास गौडेलले संस्थाको कूल सम्पत्ति अघिल्लो वर्षको तुलनामा करिब ३९ प्रतिशतले वृद्धि भई ७ अरब ८८ करोड ३७ लाख ३९ हजार ६ सय ४६ पुगेको जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा भएको ६७ करोड ५३ लाख ६७ हजार ४६ रुपैयाँ कूल आम्दानी र ४७ करोड १७ लाख ५७ हजार १ सय ३२ रुपैयाँ खर्च भई सञ्चालन मुनाफा २० करोड ३६ लाख ९ हजार ९ सय १४ रुपैयाँ भएको जानकारी दिए ।

लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कमल सुवेदीले वार्षिक कार्यक्रम कोभिडका कारण प्रभावित भएपनि प्रगति सन्तोषजनक रहेको बताए । सो अवसरमा सहकारीले बचत, ऋण, रेमिट्यान्स र प्रविधि गरि ४ वटा विधामा उत्कृष्ट ३८ सदस्य तथा संघ संस्थाहरुलाई पुरस्कृत गरेको थियो । सहकारीका अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट