सहभागीको कर्जा व्यवसायमा लगानी

भरतपुर, २४ मंसिर ।
भरतपुर महानगरपालिका- ९ मा रहेको सहभागी बचत ऋण सहकारी संस्थाले २ करोड ७९ लाख बढी ऋण लगानी गरेको छ । ९औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा सचिव डासीराम ढकालले प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायमा लगानी वृद्धि गर्न धेरै शेयर सदस्यले कर्जा लिएको बताए ।

उनका अनुसार यो वर्ष २ करोड ७९ लाख ३९ हजार ४ सय रुपैयाँ ऋण लगानी भएकोमा आगामी वर्ष करिव ४ करोड लगानी गर्ने लक्ष्य लिइएको छ ।

नियमित मासिक बचतमा ८ प्रतिशत, बालबचतमा १० प्रतिशत, दैनिक बचतमा ६ प्रतिशत र ऋणमा १२ प्रतिशत ब्याजदर प्रदान गरेको छ । २०६९ चैतमा २९ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ९ सय २५ जना शेयर सदस्य छन् । भरतपुर महानगरको ८, ९, १० र १२ नम्बर वडालाई कार्यक्षेत्र बनाएको छ । सहभागी सहकारीको १ करोड ९० हजार ३ सय रुपैयाँ शेयर पुँजी र २ करोड २६ लाख ७९ हजार २ सय १० रुपैयाँ निक्षेप रहेको छ । अध्यक्ष सूर्यप्रसाद खनालले सीपमूलक तथा व्यवसाय लगायतका तालिम गरेर उद्यमशीलता प्रवर्द्धनका कामहरु गरिँदै आएको बताए । असार मसान्तसम्म ऋण किस्ता र व्याज भुक्तान गर्न नसकेकालाई पुस मसान्तसम्म छुट दिइएको बताए ।

कोरोना महामारीका कारण व्यापार-व्यवसायमा मन्दी आएकाले पुस मसान्तसम्म छुट दिइएको बताए । असल बचतकर्ता रामबिलास महतो, असल ऋणी रविकुमार दराई, असल बाल क्षबचतकर्ता रामविर महतो, शेयर सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने आयुषा कँडेल र मनिष सुनार, जेष्ठ शेयर सदस्य हरिलाल रिजाल र मक्षे रेग्मीलाई सम्मानित गरिएको थियो ।

अधिवेशनको उद्घाटन कार्यक्रममा भरतपुर-९ का वडाध्यक्ष यमलाल कँडेलले नीति र विधि अनुसार सहकारीहरु चल्नुपर्नेमा जोड दिए । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका ऋण समितिका संयोजक मीनप्रसाद सुवेदीले शेयर सदस्यको चाहना र आवश्यकता अनुसारका कार्यक्रमलाई उच्चप्राथमिकता दिनुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट