सहभागीको कर्जा व्यवसायमा लगानी

भरतपुर, २४ मंसिर । भरतपुर महानगरपालिका- ९ मा रहेको सहभागी बचत ऋण सहकारी संस्थाले २ करोड ७९ लाख बढी ऋण लगानी गरेको छ । ९औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा सचिव डासीराम ढकालले प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायमा लगानी वृद्धि गर्न धेरै शेयर सदस्यले कर्जा लिएको बताए । उनका अनुसार यो वर्ष २ करोड ७९ लाख […]
कांग्रेसकाे मञ्चमा ओलीकाे इन्ट्री : प्रचण्डले मुन्टो बटारे, माधव टाेलाइरहे

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू सहभागी छन् । प्रचण्ड र माधवकुमार नेपाल आएकाे केही समयपछि ओली कांग्रेसकाे मञ्चमा पुगेका थिए । उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए । ओलीले […]
भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजना, ३ अर्ब ७७ करोड विनियोजन
भरतपुर, २४ मंसिर । रासस जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीय लाभान्वित भएका छन् । शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको कष्ट टरेको छ । महानगरप्रमुख […]
आगामी पुस ४ गतेदेखि विद्यालयमै विद्यार्थीलाई खोप
भरतपुर, २४ मंसिर । सरकारले आगामी पुस ४ गतेदेखि विद्यालयमै विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । ७ वटै प्रदेशका ५७ जिल्ला समेटेर विद्यार्थीलाई मोर्डेना खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको हो । सो अभियानमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी समेटिने मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख सागर […]
कांग्रेस महाधिवेशन आजबाट सुरू

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको […]
२०७८ मंसिर २४ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
वडाध्यक्ष कपमा अभिषेक चर्च रजहर फाईनल प्रवेश

देवचुली, २४ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै फाईनलमा प्रवेश गरेको छ । देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिता अन्तर्गत प्रगतिकला मन्दिर युवा क्लब र अभिषेक चर्च रजहरबीच भएको खेलमा […]
`द अल्केमिस्ट´ र `माइतघर´मा विद्यार्थीको छलफल

भरतपुर, २४ मंसिर । अर्किड स्कुलमा कक्षा १० मा पढिरहेकी वर्षा रानी पौडेलले पाउलो कोएलोको लोकप्रिय पुस्तक `द अल्केमिस्ट´ अघिल्लो वर्ष नै पढेकी हुन् । बिहीबार विद्यालयमा आयोजित पुस्तक समीक्षा कार्यक्रममा सहभागी पौडेलले पुस्तक पढेर जानेको कुरा साथीहरूलाई सुनाइन् । विद्यालय प्राङ्गणमा गरिएको समीक्षा कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी थिए । […]