कांग्रेसकाे मञ्चमा ओलीकाे इन्ट्री : प्रचण्डले मुन्टो बटारे, माधव टाेलाइरहे

काठमाडौं, २४ मंसिर ।
नेपाली कांग्रेसको १४‍औँ महाधिवेशनको उद्घाटनसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू सहभागी छन् ।

प्रचण्ड र माधवकुमार नेपाल आएकाे केही समयपछि ओली कांग्रेसकाे मञ्चमा पुगेका थिए । उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए ।

ओलीले नमस्कार गर्दै मञ्चमा प्रवेश गरिरहँदा प्रचण्ड र माधवकुमार नेपालले उनीतिर हेरेनन् । ओलीकाे प्रवेश हुँदा माधवकुमार नेपालले तल हेरिरहेका थिए भने प्रचण्ड अन्तैतिर फर्केका थिए ।

मञ्चमा प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति देउवाको दायाँतर्फ र ओली बायाँतर्फ बसेका छन् । ओलीका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छाडिदिएका थिए ।

नेकपा र पछि एमाले पनि फुट्दा यी नेताहरूकाे सम्बन्ध तिक्ततापूर्ण छ । एमालेले चितवनमा गरेको महाधिवेशनमा प्रचण्ड उपस्थित भएका थिएनन् भने नेता नेपाललाई एमालेले निमन्त्रणा नै दिएकाे थिएन । कांग्रेसकाे महाधिवेशन उद्घाटन समाराेहमा भने यी तीन नेता एउटै मञ्चमा सहभागी भएका हुन् ।

(शिलापत्रबाट)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट