आगामी पुस ४ गतेदेखि विद्यालयमै विद्यार्थीलाई खोप

भरतपुर, २४ मंसिर ।
सरकारले आगामी पुस ४ गतेदेखि विद्यालयमै विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । ७ वटै प्रदेशका ५७ जिल्ला समेटेर विद्यार्थीलाई मोर्डेना खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको हो ।

सो अभियानमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी समेटिने मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले बताए ।

१२ देखि १७ वर्ष उमेर समूहको जनसंख्या करीब ३५ लाख छ ।
सरकारले सो उमेर समूहलाई लक्षित गर्दै ४० लाख डोज मोर्डेना तथा ६० लाख डोज फाइजर खोप खरिद सम्झौता गरेको हो । फाइजर खोप जनवरीको पहिलो त्रैमासिकमा नेपाल आउने तयारी भएको मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गतको कोभ्याक्स सुविधामा खरिद गरेर खोप ल्याइएसँगै विद्यार्थीलाई खोप लगाउने प्रक्रिया मन्त्रालयले सुरु गरेको हो । मोर्डेना खोप पूर्णतामा लागि १ महिनाको अन्तरमा २ मात्रा लगाउनुपर्ने प्रावधान छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट