नेपाली कांग्रेसको मतदान मंसिर २७ गते : सभापतिको मतगणना सभागृहमा, पदाधिकारीको सानेपामा

काठमाडौँ, २२ मंसिर ।
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि मंसिर २७ गते मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै २७ गते बिहान ८ बजे मतदान सुरु हुने जनाएको छ ।

मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुनेछ । सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएमा पनि सोही स्थानमा निर्वाचन हुनेछ ।

अन्य पदाधिकारीको मतगणना भने उम्मेद्वारका प्रतिनिधिको रोहबरमा पार्टी कार्यालय सानेपामा हुनेछ ।

निर्वाचन समितिका अनुसार मंसिर २४ गते बिहान १० बजे प्रतिनिधिरुहको नामावली प्रकाशन हुनेछ। यस्तै, उम्मेद्वार मनोनयन २५ गते बिहान १० बजे हुनेछ।

उम्मेद्वार उपरको दाबी विरोध तथा जाँचबुझ प्रक्रिया २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म हुनेछ । दाबी विरोध उपरको निर्णय २५ गते राति ९ बजेसम्म गर्ने कार्यतालिका निर्वाचन समितिको छ । सोही दिन उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।

मनोनयन फिर्ता लिने उम्मेद्वारका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय निर्वाचन समितिले दिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२ बजेपछि हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट