नेपाली कांग्रेसको मतदान मंसिर २७ गते : सभापतिको मतगणना सभागृहमा, पदाधिकारीको सानेपामा

काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि मंसिर २७ गते मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै २७ गते बिहान ८ बजे मतदान सुरु हुने जनाएको छ । मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुनेछ । सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएमा […]

चितवनले पाउला त केन्द्रीय सदस्य ?

भरतपुर, २२ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा चितवनका ७ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । हालसम्म केन्द्रीय नेतृत्व पाउन नसकेको चितवनबाट यसपटक देखिएका दाबेदारप्रति धेरैको चासो छ । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको महाधिवेशनका लागि केन्द्रीय सदस्य दाबी गर्नेमा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापतिहरू टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, […]

साझा उम्मेदवार बनाउन नसके पार्टीबाटै बिदा हुन्छु – रामचन्द्र पौडेल

भरतपुर, २२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशन पर्सिदेखि शुरु हुँदैछ । तर पौडेल समूहले उम्मेदवार तय गर्न सकेको छैन । बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसकेको […]

भरतपुर फुटबल क्लबलाई ठूलो राशीको प्रायोजन

भरतपुर, २२ मंसिर चितवनको स्थापित भरतपुर फुटबल क्लब (बीएफसी)ले अहिलेसम्मकै ठूलो धनराशीको प्रायोजन पाएको छ । आगामी तीन वर्षका लागि २४ लाख रुपैयाँको प्रायोजनसहित अब यो क्लब ‘केबीए ग्लोबल भरतपुर फुटबल क्लब’ भएको छ । क्लबलाई नारायणगढस्थित शैक्षिक परामर्शदाता केबीए ग्लोबलले वार्षिक ८ लाख दिने गरी ३ वर्षका लागि शीर्ष प्रायोजन गरेको हो । प्रायोजनसम्बन्धी […]

निर्दोष जीवनको ‘अलिअलि’ गीत सार्वजनिक (भिडियोसहित)

भरतपुर, २२ मंसिर । स्थानीय सर्जक निर्दोष जीवनको शब्दमा ‘अलिअलि’ बोलको गीत सार्वजनिक भएको छ । गायक दीपक दुतराजको आवाज रहेको यस गीतलाई संगीत तथा एरेन्ज अमृत ल्वागुणले गरेका हुन् । गीतको कोरियोग्राफी तथा निर्देशन शिव बिकको रहेको छ । गीतमा कलाकारहरु लोमस शर्मा, मनिषा थापा, जोन बम, आरोही चौलागाईं, प्रमिता राजघतानी र आरजु सिङले […]