साझा उम्मेदवार बनाउन नसके पार्टीबाटै बिदा हुन्छु – रामचन्द्र पौडेल

भरतपुर, २२ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन पर्सिदेखि शुरु हुँदैछ । तर पौडेल समूहले उम्मेदवार तय गर्न सकेको छैन । बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
कांग्रेसको संस्थापन इतर समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुटेको छैन । चार दिनदेखि निरन्तर छलफलमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अहिलेसम्म पनि उम्मेदवार चयन गर्न नसकेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार हुनुपर्ने दाबी छाडेका छैनन् । नेता सिंहले आफ्नो दाबी नछाडेपछि बैठकमा तनावको अवस्थासमेत बनेको उनले बताए।

साझा उम्मेदवार तयार गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन नसके पछि बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट