दाङको बबईमा एमाले विजयी

तुलसीपुर ९दाङ०, २० असार । दाङको बबई गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का भुवनेश्वर पौडेल चार हजार २७१ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका कुलबहादुर केसीले तीन हजार ९५९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा एमालेकै सावित्रा विश्वकर्माले चार हजार ४१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवकुमारी केसीले तीन हजार ९३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत बाबुराम गौतमले जानकारी सोमबार जानकारी दिनुभयो ।

सोह्र हजार ८७ मतदाता रहेको बबई गाउँपालिकामा ११ हजार ९०८ मत खसेको थियो । रासस
–––––––––––––

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट