मुग्लिङ-नारायणगढ सडक ६ः३० बजेबाट खुल्यो

भरतपुर, १७ असार ।
हिजो शुक्रबार बिहानदेखि अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड केहीबेरअघि सञ्चालनमा आएको छ ।


मुग्लिङ–नारायणगढ सडक परियोजनाका सेफ्टी अफिसर शोभाकान्त खनालले भरखरै दिएको जानकारीअनुसार कालीखोला खण्डमा रोकिएको बाटो पहिरो हटाएपछि साँझ साढे ६ बजेबाट सञ्चालनमा ल्याइएको हो ।

ठूलो पहिरो आएपछि हिजो बिहानदेखि हजारौं गाडी पार गर्न पाएका थिएनन् । पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी आवतजावत गर्न सुरु गरेको खनालले जानकारी दिए । “बाटो खुल्यो”, पहिरो गएकै स्थानमा रहेका खनालले कायाकैरनसँग टेलिफोनमा भने, “अहिले दुईतर्फी गाडी चल्न थालेको छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट