अहिलेसम्म करिब २३ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

१४ असार । निर्वाचन आयोगले अहिलेसम्म २२/२३ प्रतिशत मतदान भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अहिलेसम्म करिब २३ प्रतिशत मत खसेको जानकारी दिएका छन् ।

शर्माले बर्षाले केही ठाँउमा मतदान सुरु हुन ढिला भएपनि अहिले भने सबै ठाँउमा मतदान सुरु भएको बताएका छन् ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तरगत बिहान ७ बजे देखि भइरहेको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

मतदान गर्ने कार्यसम्पन्न भएपछि मतपेटीका जम्म भएपछि राजनीतिक सहमतिका आधारमा मतगणना सुरु हुने शर्माले जानकारी दिए । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट