शुक्रनगरमा गोलीहानी लुटपाट गर्ने २ पक्राउ

१२ असार, चितवन । पश्चिम चितवनको शुक्रनगरमा एक महिना अघि गोली हानी भएको लुटपाट घटनामा चोरिएका सामान सहित २ जना पक्राउ परेका छन् ।

लुटिएका गहनाहरु गालेर अर्कै गहना बनाईएको अबस्थामा गरगहना सहित २ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी उपरिक्षक दिपक थापाका अनुसार पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु नगरपालिका १० अरुण खोलाका लक्ष्मण परियार र सोही ठाउँका नारायण विक रहेका छन् ।

पक्राउ पछि आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै थापाले उनीहरुबाट नगद, गरगहना, हम्मर, खुकुरी ,रड, चक्कु लगायत बरामद गरिएको जानकारी दियो । अर्का एकजना पर्वत घर भई दिव्यनगर ससुरालीमा बस्ने कृष्ण शाही ठकुरी फरार रहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित शुक्रनगरमा जेठ ४ गते लुटपाट भएको थियो । लुटेराको आक्रमणमा एकै घरका ४ जना घाईते भएका थिए ।

उनीहरुबाट ८३ हजार १४० रुपैयाँ नगद सहित लुटपाटमा प्रयोग भएका सामाग्री तथा गरगहनाहरु समेत बरामद गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट