घाँटी भाँचिएर एकसिङ्गे गैँडा म¥यो

चितवन, १२ असार । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको जानकारी दिनुभयो । मचान नजिकैको घोल (सिमसार) मा राति बिरामी जस्तो भएर बसेको […]
शुक्रनगरमा गोलीहानी लुटपाट गर्ने २ पक्राउ

१२ असार, चितवन । पश्चिम चितवनको शुक्रनगरमा एक महिना अघि गोली हानी भएको लुटपाट घटनामा चोरिएका सामान सहित २ जना पक्राउ परेका छन् । लुटिएका गहनाहरु गालेर अर्कै गहना बनाईएको अबस्थामा गरगहना सहित २ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी उपरिक्षक दिपक थापाका अनुसार पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु नगरपालिका […]
नारायणघाट–मुग्लिन सडकखण्ड नरोकिने, मतदान गर्न जाने यात्रुलाई सहज

चितवन, १२ असार । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ । विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो […]
भरतपुरमा च्यातिएका मतपत्र भोलि प्लेनमा काठमाडौं लगिदै

चितवन,१२ असार। भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझ आयोजना गरेको सर्वदलीय बैठकमा मङ्गलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गरेर सर्वोच्च अदालतमा पठाउने सहमति भएको हो । […]
नारायणगढ-मुग्लिन सडक निर्माणमा ढिला सुस्ती

अनिल ढकाल चितवन,१२ असार । नारायणगढ-मुग्लिन सडक पुनर्निर्माणको काम पहिलो पटकको सम्झौताअनुसार २०१७ को अप्रिलमा सकिसक्नुपर्ने थियो । विभिन्न कारण देखाउँदै दोस्रो पटक सम्झौता गरियो । सम्झौताअनुसार डिसेम्बर २१ मा काम सकिनुपर्नेछ । तर, अहिलेसम्मको कामको अवस्थाले समयमा काम पूरा हुने देखिँदैन । योजनाअनुसार १७ प्रतिशत ढिलाइ भएको छ । निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्मनीले […]
आज मुस्लिम समुदाय इद पर्व मनाउँदै

१२ असार । मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् । रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस्जिद वा इदगाहमा पुगेर पर्वको शुभारम्भ गरेका छन्। सो अवसरमा बिहान नयाँ वस्त्र धारण गरेर […]
प्रधानमन्त्री देउवालाई सल्लाहकार छान्न सकस

१२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेर पार्टी र अन्तरपार्टी छलफललाई प्रभावकारी बनाउनेसहितका विषयमा काम गर्न प्रधानमन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गर्ने प्रचलन छ । देउवाले यस्तो सल्लाहकार कसलाई बनाउँछन् भन्ने चासो सर्वत्र छ । राजनीतिक सल्लाहकारका लागि डा प्रकाशशरण महत, रमेश लेखकदेखि विश्वप्रकाश शर्मासम्मको चर्चा छ । देउवाले राष्ट्रिय योजना आयोगमा डा स्वर्णीम वाग्लेलाई […]
सीमा नाका बन्द
विराटनगर, १२ असार । नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ । असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने प्रजिअ यज्ञराज कोइरालाले जानकारी […]