मातृका आचार्यका दुई गीत चर्चामा

लेखराम सापकोटा
२८ फागुन ।
गायक तथा गीतकार मातृका आचार्यको दुईवटा गीत सार्वजनिक भए लगत्तै चर्चामा छन् ।

गीतसंगीतका पारखीले रुचाएका घाटमा मलाई… तथा दुइमुटु ….. बोलका गीत हालै सार्वजनिक भएका हुन् । दुबै गीतको शब्दरचना गायक आचार्यकै रहेको छ । दुबै गीतमा पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।घाटमा मलाई … सामाजिक कथामा आधारित मार्मिक गीत हो भने दुई मुटु बोलको गीत प्रेमिल लयको छ । प्रेमिल गीतमा उनलाई गायिका अस्मिता अधिकारीले गायनमा साथ दिएकी छन् । अधिकारी भर्खरै सम्पन्न नेपाल आइडलकी प्रतिस्पर्धी थिइन् । यी दुबै गीतलाई शब्दार्थ म्युजिकले बजारमा ल्याएको हो । आचार्यका गीतलाई युट्युबमा सुन्न सकिन्छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट