ठोरीको रेल र नून ओझेलमा

–सुरेन कुँवर
भरतपुर, २८ फागुन
‘झुलुक्कै हेर्दा टल्कैमा टल्की रहने हिमालबाट खोलो झ¥यो बेसी सललल
नदेखे माया के हो कसो देखे माया झलमल
तोरीको तेल, ठोरीको रेल तिम्रो हाम्रो साली
अब छैन बेला
गयो अब हाम्रो दिन
सलल रेलमै घरजम गर्नुछ बेलैमा’
नेपथ्य ब्याण्डलाई चर्चाको शिखरमा पु¥याउने ‘मै नाचेँ छमछम्ती’ बोलको गीतमा ठोरीको पहिचान थियो । गायक अमृत गुरुङले गीतमा भनेजस्तो रहेन अब ठोरी । न नुन लिन ठोरी पुग्नुपर्छ, न त रेल गुडेको हेर्न । कुनै बेलाको नुन र रेलको ठोरी अहिले ओझेलमा परेको छ ।
विसं २०२२ मा नेपालको सीमा रक्षाका लागि भारतसँग जोडिएको यस ठाउँमा तत्कालीन राजा महेन्द्रले बस्ती बसालेका हुन् । त्यसबेला ठोरी चितवन जिल्लाको एउटा बस्ती थियो । त्यसको केही वर्षपछि भारतले सीमा क्षेत्रसम्म रेल सञ्चालनमा ल्यायो । भारतले नेपाललाई ध्यानमा राखी बजार पनि खोल्यो । विस्तारै ठोरीमा चलहपहल बढ्यो । त्यसपछि ठोरी रेल र नुनमा कहलियो ।
उहिलेको ठोरी र अहिलेको ठोरीमा धेरै फरक छ, पहिले नुनदेखि सुनसम्म लिने ठाउँ हो ठोरी । तर, अहिले एकादेशको कथाजस्तो भएको साविक ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटा बताउँछन् । उनका अनुसार एक जनाले दुई तीन महिनालाई पुग्ने नुन लिन आउनेहरुको ताँती लाग्थ्यो तर अहिले ठोरी सीमा नाकामा मात्र सीमित भएको छ ।
सरकारले ठोरी–केरुङ नाकालाई जोडेर नेपालको विकासमा कायापलट गर्ने ध्येय राखेको छ । ठोरी यसको प्रतीक्षामा कुरेर बसिराखेको पूर्वअध्यक्ष सापकोटाले बताए । “पचास वर्षअघि अहिलेको प्रदेश नम्बर ३ को नुन खरिद गर्न जाने ठाउँ थियो ठोरी । अहिले पनि ठोरीको नुनले लगाएको गुनलाई जो कोहीले भुल्न सक्दैनन्”, उनले भने । चितवन, धादिङ, काठमाडौँ, नुवाकोट, गोरखालगायत जिल्लाबाट नुन लिने आउने थलो ठोरीलाई यतिबेला पनि विकासले छुन नसकेको स्थानीयवासी सुदीप थापा बताउँछन् ।
ठोरी भारत चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको लोकमार्गको भारतीय उद्गम हो । राष्ट्रिय गौरवको आयोजना ठोरी–केरुङ लोकमार्गको निर्माण हुने चर्चा भएपनि यसको कामले गति लिएको छैन । ठोरी–केरुङ लोकमार्गको सम्भाव्यता अध्ययन भएको सात वर्षअघि भए पनि त्यसअनुसार काम अघि नबढेको ठोरी–केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक तारा पौडेलले जानकारी दिए । आव २०७२÷७३ र ७३÷७४ मा सरकाले छुट्यााएको रु एक अर्ब ३६ करोड बजेटले नुवाकोटको विदुरदेखि गल्छीसम्म सडक निर्माणको काम भइसकेको छ ।
​“ठोरीलाई सरकारले चिन्न सक्नुपर्छ, अहिले पनि भौगोलिक अवस्थामा विकट भएपनि यही ठाउँलाई आधार बनाएमा यो नेपालकै विकासको लाइफ लाइन हुन सक्छ” उनी भन्छन् । ठोरी सीमासम्म आउने गरेको भारतीय रेललाई पाँच वर्षदेखि छोटी लाइन रेल्वे सेवालाई बन्द गरेपछि ठोरी अझ ओझेलमा परेको स्थानीयवासीको भनाइ छ ।
रेल्वे सेवा बन्द भएपछि स्थानीयवासीलाई भारतीय बजार पुग्न समस्या भएको छ । भारतीयले ठोरीसम्म आउँदा पर्ने आरक्षण क्षेत्रलाई ‘बाघ संरक्षित क्षे’’ घोषणा गरी रेल्वे सेवा बन्द गरिएको ठोरीका बासिन्दा बताउँछन् । ठोरी पहिला चितवन जिल्लामा थियो । विसं २०३६ मा चितवनसँग टुक्रिएर पर्सा जिल्लामा गाभियो । ठोरी अहिले पनि पर्सा जिल्लामै पर्छ । राज्य पुनर्संरचनाका क्रममा ठोरीलाई प्रदेश नम्बर ३ मै राखिए पनि फेरि संशोधन गर्ने बेला पर्सा जिल्लामै समावेश गरिएको छ । स्थानीयवासी ठोरीलाई चितवनमै गाभ्नुपर्छ भन्दै अहिले पनि सङ्र्घषमै रहेको ठोरीका पूर्वअध्यक्ष सापकोटाले बताए ।
​ठोरी–१ का वडाध्यक्ष तथा प्रवक्ता रामप्रकाश कुँवरले ठोरीलाई चितवनमा गाभ्नुको विकल्प नरहेको बताउँछन् । “देश सङ्घीयतामा गएसँगै आर्थिक हिसाबले ठोरी ३ नम्बर प्रदेशमा ल्याउनुको विकल्प छैन”, उनले प्रश्न गरे, “तीन नम्बर प्रदेशको दक्षिणी नाका खोई ? देशका राजनीतिक नेतृत्वहरुले सोच विचार पु¥याउन आवश्यक छ ।”रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट