गाउँ–गाउँमा प्रहरी

२८ फागुन ।
पूर्वी चितवनमा प्रहरीको उपस्थिति कमजोर भएको गुनासो बढेपछि गाउँ–गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘थ्री एस’ अभियानअन्तर्गत दैनिक ६० भन्दा बढी प्रहरी एकै क्षेत्रमा परिचालन गरेको छ ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय तहका प्रहरी र जिल्लाबाट खटिएका प्रहरीले अवाञ्छित क्रियाकलाप गर्नेको खोजतलास गर्ने, शङ्का लागेकालाई नियन्त्रणमा लिने र सोधपुछ गरी दोषीलाई कारवाही गर्दै आएको छ । यही अभियानलाई प्रहरीले ‘सर्च, स्विइप एण्ड स्क्रिनिङ’ अर्थात थ्री एस नामकरण गरेको छ । विगत पाँच दिनदेखि प्रहरीले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अभियान सञ्चालन गरेको हो ।
गाउँमा आपराधिक क्रियाकलाप गरी लुकीछिपी बस्नेहरु अभियानको निसानामा परेका छन् । जुवातास खेल्ने, लागूऔषध एवं मादक पदार्थ सेवन गर्ने, चेलीबेटी बेचबिखन गर्ने पक्राउ परेको राठौरले बताए । सो क्षेत्रमा पछिल्लो समय हत्या, आक्रमणजस्ता घटना हुन थालेपछि प्रहरीले विशेष निगरानीका साथ अभियान चलाएको उनले बताए । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट