भरतपुर, २० फागुन
पर्यटकीय नगरी पटिहानीमा सम्पन्न पद्मोदय खुला नकाउट पुरुष भलिबलको उपाधि चुलो रेस्टुरेण्ट नारायणगढले जितेको छ । महाशिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा (सोमबार भएको फाइनल खेलमा कालीबहादुर गणलाई पराजित गर्दै चुलोले उपाधि उचालेको हो ।
चुलोले कालीबहादुर गणलाई २५–१५, २१–२५, २५–१३ र २५–१६ को सेटमा पराजित गरेको हो । डि.ए.सी.बल्हुवालाई सेमिफाइनलमा पराजित गर्दै चुलो फाइनल प्रवेश गरेको थियो । बल्हुवालाई २५–१८, २५–२७, २५–१४ र २५–२३ को सेटमा पराजित गर्दै चुलोले फाइनल यात्रा तय गरेको थियो । कालीबहादुर गणले हनुमाननगरलाई २५–२२, २३–२५,२५–२१ र २५–१५ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा पहिलो भएको चुलोले रु ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । द्वितीय हुने कालीबहादुर गणले रु ३० हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा सान्त्वना हुने हनुमान नगर र डि.ए.सी. बल्हुवाले समान रु १०–१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा हनुमान नगर अनुशासित टिम घोषित हुँदा चुलोका किरण चौधरी सर्वोत्कृष्ट खेलाडी भए ।
प्रतियोगिताको भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद् प्रवद्र्धक रहेका थिए । समापन समारोह भरतपुर वडा नम्बर २२ का कार्यबाहक वडाध्यक्ष प्रेमबहादुर थापाको प्रमुख आतिथ्यता एवं क्लबका अध्यक्ष रामहरि सेढाईंको अध्यक्षतामा भएको हो ।





