शिवालयमा शिवभक्त (फोटो फिचर)

आज महाशिवरात्रि । देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्यो । अघिल्लो दिनदेखि नै शिवालयमा विशेषगरी महिला भक्तजनको घुइँचो देखियो । भरतपुरको महाकालेश्वर शिवमन्दिरमा पनि दिनभर नै भक्तजनको भीड देखियो । भक्तजनप्रति कायाकैरनकर्मी हरि पौडेलको नजर हेरौं तलका फोटोमा : ….
पद्मोदय भलिबलको उपाधि चुलोलाई

भरतपुर, २० फागुन पर्यटकीय नगरी पटिहानीमा सम्पन्न पद्मोदय खुला नकाउट पुरुष भलिबलको उपाधि चुलो रेस्टुरेण्ट नारायणगढले जितेको छ । महाशिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा (सोमबार भएको फाइनल खेलमा कालीबहादुर गणलाई पराजित गर्दै चुलोले उपाधि उचालेको हो । चुलोले कालीबहादुर गणलाई २५–१५, २१–२५, २५–१३ र २५–१६ को सेटमा पराजित गरेको हो । डि.ए.सी.बल्हुवालाई सेमिफाइनलमा पराजित […]
मीनराजको पिपिरी चितवनमा

भरतपुर, फागुन २० युवा लेखक मीनराज बसन्तको नयाँ उपन्यास ‘पिपिरी’ सोमबारबाट चितवनका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । चितवनका लागि नारायणगढस्थित सम्पूर्ण किताबले यसको बजार व्यवस्थापन गरेको छ । पिपिरीलाई गत शनिबार काठमाडौंको कुञ्ज थिएटरमा कवि हाङ्युग अज्ञात, लेखक तथा समालोचक सगुना शाह र आख्यानकार अमर न्यौपानेले संयुक्तरुपमा पुस्तकको लोकार्पण गरेका हुन् । विमोचनपछि वक्ताहरुले […]
खलपात्रको नाटकघर धोको

लेखराम सापकोटा पोखरा बसपार्कको नामले चिनिने नारायणगढको महेन्द्र बसपार्कबाट २०० मिटर पूर्वतर्फ आदर्शचोक छ । अझै पूर्व लाग्ने हो भने हालसालै खुलेको नयाँ तरकारी थोक बजार पुगिन्छ । यही बाटो भएर खुलेका चिया पसलहरु उनका ‘जक्सन’ हुन् । फुर्सद हुनासाथ चिया पिउने बहानामा तिनै चिया पसल चाहर्छन्, चिया मगाउँछन्, चुरोट सल्काउँछन्, टेबुलमा असरल्ल पत्रिका मिलाएर […]
चितवन च्याम्पियनसीप ट्रफी चितवनलाई

भरतपुर, २० फागुन १६ औं मेयर्स चितवन च्याम्पियनसीप ट्रफीको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । आज सोमबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा कलैया क्रिकेट क्लब बारालाई ५४ रनले पराजित गरी चितवनले उपाधि उचालेको हो । उपाधिसाथ चितवनले १ लाख रुपैयाँ र ट्रफी पाएको छ । उपविजेता कलैयाले ५० हजार रुपैयाँ नगद र ट्रफी पायो […]