अधिकारी गोत्रीयद्वारा ज्ञानमहायज्ञ

भरतपुर, १६ फागुन

कश्यप गोत्रीय अधिकारी समाजले पितृ उद्वार ज्ञान महायज्ञ गर्ने भएको छ । फागुन २९ गतेदेखि चैत्र ७ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल पितृ उद्वार ज्ञान महायज्ञ हुनेछ । समाजका अध्यक्ष देविरमण अधिकारीले महायज्ञको तयारी तीव्र पारिएको बताए । देवघाटमा रहेको कश्यप आश्रममा हुने ज्ञानमहायज्ञमा युवा कथावाचक बालकृष्ण अर्यालले कथावाचन हुनेछ ।

पाठपारायण, रुद्राभिषेक, हवन, तर्पण, पितृसुक्त, लक्षवर्ति प्रज्जवलन, तुलादान, चौरासी पुजा लगायतका गतिविधिहरु हुनेछन् । धर्मसंस्कृतिको खोज अनुसन्धानका लागि पुस्तकालय, सुविधाजनक अतिथि गहृ निर्माण गर्ने, धार्मिक अनुष्ठान अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएको छ । समाजका महासचिव रामहरी शर्मा अधिकारीले महायज्ञ सम्पन्न गर्न करिव २० लाख खर्च हुने बताए । कश्यप आश्रममा हाल करिव ९७ लाख खर्चेर महर्शी, शिवालय, विन्दावाशिनी मन्दिर, सभाहल लगायतका संरचना बनेका छन् । आश्रमले ५ कट्ठा जग्गा ओगटेको छ । डेढ कट्ठा जग्गा थप गर्ने योजना बनाइएको छ । कुल तीर्थको रुपमा विकास आश्रमलाई विकास गरिने समाजले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट