ब्याजदर घटाउन माग

भरतपुर, २२ माघ

उद्योग वाणिज्य संघ–चितवनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर नियन्त्रण गर्न माग गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधानले सोमबार विज्ञप्ति जारी गर्दै ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण बनाउन आग्रह गरेका छन् ।

अव्यवहारिक ढंगबाट एकतर्फीरुपमा ब्याजदर बढाउँदा विगतको लगानी र आगामी दिनमा हुने लगानीलाई समेत प्रत्यक्ष प्रभाव पर्ने बताए । उनले चर्को ब्याजदर रोक्न तीनै सरकारको ध्यानाकर्षण गराए । देशमा लगानीमैत्री वातावरणको सृजना गर्दै वैदेशिक लगानीसमेत आकर्षित गरी राजस्व र रोजगारीमा वृद्धि गर्नुपर्ने अवस्थामा ऋणको ब्याजदर बढ्दा समस्या आएको बताएका छन् ।

उद्योग व्यवसायले लागत मूल्य वृद्धि भई सञ्चालनमा कठिनाइ भोगिरहेको उनले बताए । निजी क्षेत्रबाट निर्माणाधीन परियोजना र नयाँ परियोजनासमेत संकटमा पर्न थालेको उल्लेख गरिएको छ । आर्थिक क्षेत्रमा भएका यस्ता विकृतिले उद्योगको प्रतिस्पर्धी क्षमतामा ह्रास हुँदै लगानी निरुत्साहित हुने अवस्था सृजना हुन लागेको बताए । सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप ५ लाखको रोजगारी वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने भन्दौ ध्यानाकर्षण गराएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट