किसानको आक्रोस : मूल्य नपाएको झोंकमा तरकारी नष्ट

धु्रवराज खनाल खैरहनी, २२ माघ तरकारीको पकेट क्षेत्रको रुपमा चिनिएको चितवनको खैरहनी–१ का किसानले तरकारीले मूल्य नपाएपछि सोमबार खेतमै जोतिदिएका छन् । तरकारीले मूल्य नपाउँदा खैरहनी–६, तुलसीपुरका किसान पुरन महतोले डोजर नै लगाएर खेती नष्ट गरेका थिए । त्यसको केही दिनपछि सोमबार खैरहनी–१, बहेराका किसानले ट्याक्टर लगाएर खेती नष्ट गरेका छन् । यहाँका चार जना […]
बुढीगण्डकीमा गम्भीर घोटला छः नेता विश्वप्रकाश

विप्लव काफ्ले भरतपुर, २२ माघ नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत् परियोजनामा गम्भीर घोटला भएको आरोप लगाएका छन् । सरकारको कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको विरोध प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै नेता शर्माले भने, “वाईडबडीभन्दा पनि गम्भीर घोटाला भएको छ, निजगढको भन्दा पनि गम्भीर प्रसंग छ बुढीगण्डकी परियोजनाको ।” उनले नेपालीकै लगानीमा बनाउने […]
क्यान इन्फोटेकको तयारी

भरतपुर, २२ माघ कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा आगामी माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेलाको तयारी तीव्र्र पारिएको छ । मेलाको पूर्वसन्ध्यामा निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम प्रदान, आईडिया हन्ट, कार्यक्रमलगायत केही कार्यक्रम गरिसकेको क्यानका जिल्ला उपाध्यक्ष विष्णु लामिछानेले जानकारी दिए । […]
ब्याजदर घटाउन माग

भरतपुर, २२ माघ उद्योग वाणिज्य संघ–चितवनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर नियन्त्रण गर्न माग गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधानले सोमबार विज्ञप्ति जारी गर्दै ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण बनाउन आग्रह गरेका छन् । अव्यवहारिक ढंगबाट एकतर्फीरुपमा ब्याजदर बढाउँदा विगतको लगानी र आगामी दिनमा हुने लगानीलाई समेत प्रत्यक्ष प्रभाव पर्ने बताए । उनले […]
२०७५ माघ २२ गते मङ्गलबार

२०७५ माघ २० गते आइतवार
