पत्रकारका मुद्धामा ‘प्रचण्ड’ ले हस्ताक्षर गर्न पाएनन्

भरतपुर, १७ माघ
पत्रकारले निर्धारित पारिश्रमिक समेत नपाएका घटना बेलाबखत निकै चर्चामा आउँछन् । चुनावी माहोलमा आफ्नो प्रभावमा पार्न पत्रकार हकहितका नारा धेरैनै बुलन्द हुदै आएका छन् । तर, कार्यान्वयनका सवालमा पत्रकार सम्वद्ध संस्था चुक्दै आएका छन् ।
पटिहानीमा आयोजित महिला पत्रकारहरुको राष्ट्रिय भेलामा श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न हस्ताक्षर अभियान चलाइएको छ । नेपाल प्रेस युनियन चितवनले सरकारलाई दबाब दिन अभियान चलाएको हो । संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायत पत्रकारले ऐक्यवद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले पनि हस्ताक्षर गर्दै अभियानमा ऐक्यवद्धता जनाएकी थिइन् । युनियन चितवनका अध्यक्ष अनिल ढकालले सरकारले गठन गरेकै न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम तलब समेत लागु नभएकाले दबाब दिन हस्ताक्षर अभियान चलाइको बताए । भेलामा सहभागि हुन आएका पत्रकार सम्वद्ध संघसंस्था तथा पत्रकारहरुले न्यूनतम पारिश्रमिक लागु गराउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच महिला पत्रकार राष्ट्रिय भेलाका प्रमुख अतिथि रहेका पूर्व प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्ताक्षर गर्न आग्रह गरिएपनि उनी हस्ताक्षर अभियानमा सहभागि नभई भेला उद्घाटनमा सहभागि भएका थिए । “पूर्वप्रधानमन्त्रीबाटै हस्ताक्षर अभियान सुरु गर्ने तयारीमा थियौँ”, अध्यक्ष ढकालले भने, “तर, ‘हुन्न हुन्न’ भन्दै उहाँका सहयोगीहरुले हस्ताक्षर गर्न दिएनन् ।”

उनका अनुसार बुधबारनै प्रचण्डलाई हस्ताक्षर अभियानका लागि १ मिनेट समय मिलाइदिन युनियनले आग्रह गरेकोे थियो । जनसम्पर्क कार्यालय चितवन मार्फत समय मिलाइदिन आग्रह गरिएको थियो । प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरी जनसम्पर्क कार्यालय स्थापना गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट