महिला अभियानको सहयोग महेश आश्रममा

भरतपुर, १७ माघ महिला अभियान केन्द्र काठमाण्डौले देवघाट स्थित महेश सन्यास आश्रमलाई सहयोग गरेको छ । आश्रममा कम्मल, कलम, कापी, विस्कुट, जुस लगायतका सामाग्री सहयोग गरेको छ । सामाजिक काममा संलग्न केन्द्रका पदाधिकारीको अग्रसरतामा सहयोग हस्तान्तरण गरिएको हो । संस्थाकी अध्यक्ष मञ्जु शाहले सामाजिक अभियानमा सक्रिय भएर लाग्ने बताइन् । आश्रमका संरक्षक स्वामी मधुसुधान्द गिरीले […]

पत्रकारका मुद्धामा ‘प्रचण्ड’ ले हस्ताक्षर गर्न पाएनन्

भरतपुर, १७ माघ पत्रकारले निर्धारित पारिश्रमिक समेत नपाएका घटना बेलाबखत निकै चर्चामा आउँछन् । चुनावी माहोलमा आफ्नो प्रभावमा पार्न पत्रकार हकहितका नारा धेरैनै बुलन्द हुदै आएका छन् । तर, कार्यान्वयनका सवालमा पत्रकार सम्वद्ध संस्था चुक्दै आएका छन् । पटिहानीमा आयोजित महिला पत्रकारहरुको राष्ट्रिय भेलामा श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न हस्ताक्षर अभियान चलाइएको […]

उद्यमशिल बनाउन ६ महिने अभियान

विप्लव काफ्ले भरतपुर, १७ माघ चितवनमा प्रथम विजनेस इन्क्युवेशन कार्यक्रम सञ्चालन हुन लागेको छ । अन्तरप्रेरणा प्रालि र नेपाल कम्युनिटरको सहकार्यमा उद्यमशिलताको विकास गर्न इन्क्युवेशन कार्यक्रम सञ्चालन हुन लागेको हो । “उद्यमीलाई सशक्तिकरण र उनीहरुका व्यवसायलाई सहयोग गरिनेछ”, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले भने, “व्यापार व्यवसायलाई सुदृढ र सफल बनाउन आवश्यक रणनीतिबारे विज्ञले परामर्श […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमै लागत ३ अर्ब, अवधि अढाइ वर्ष

विनोदबाबु रिजाल भरतपुर, १७ माघ जब नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पायो, सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले जोशैजोशमा घोषणा गरिदिए कि ‘हामी देशको कुनै ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने छौं ।’ उनीहरुको पहिलो सर्त थियो, ‘जग्गाचाहिं सरकारले उपलब्ध गराउनुप¥यो ।’ सबैलाई आफ्नै ठाउँमा बनोस् भन्ने लाग्नु अस्वाभाविक हुँदै होइन । त्यही […]

डाक्टर विहीन राप्तीमा खुल्यो अस्पताल

धु्रवराज खनाल रत्ननगर, १७ माघ प्रदेश सरकारको मातहतमा रहने गरी चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी भण्डारा अस्पताल बनाएको हो । राप्ती नगरपालिका डाक्टर विहीन अवस्थामा थियो । अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । प्रदेश नम्वर ३ सरकारले […]