रत्ननगरबाट करिव ३ लाखसहित १६ जुवाडे पक्राउ

रत्ननगर, २० कार्तिक
चितवनको रत्ननगर नगरपालिका ९ बाट करिव ३ लाख सहित १६ जना जुवाडे पक्राउ परेका छन् । सोही जुवाको खालबाट १ लाखको चेक समेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको सयुक्त टोलीले जुवाडे पक्राउ गरेको हो ।
विषेश सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । रत्ननगर ९ का शुकराम दराईको घरमा च्यानलगेट लगाएर जुवा खेल्दै गर्दा विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले चाडवाडमा हुने जुवातास नियन्त्रणका लागि विषेश टोलीनै गठन गरेको छ । पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न ५ स्थानबाट जुवा खेल्नेलाई पक्राउ गरिए मुद्या चलाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक शुसिलसिंह राठौरले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्र्तगत मुद्या चलाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट