भरतपुर, १७ कात्तिक
नेपाली कांग्रेस चितवनले तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नारायणगढमा आयोजित कार्यक्रममा कांग्रेसका नेताले कांग्रेसलाई बलियो बनाउन ऐक्यबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्र्तगत चितवनमा पनि शुभकामना आदानप्रदान कार्यक्रमको गरिएको हो । कांग्रेसले शुक्रबार देशभर एकै साथ शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जिल्लाको विकासमा अन्यदलसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले स्थानीय सरकारले गर्ने गलत कामको खबरदारी गर्न सक्रिय हुने बताए । उनले दलीय स्वार्थमा रहेर स्थानीय सरकार सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्न कांग्रेसले चनाखो भएर निगरानी गर्ने बताए । चितवनको उन्नति र समृद्धिका लागि कांग्रेसले अवरोध नगर्ने बताए ।
कार्यक्रममा सांसद् कृष्णभक्त पोखरेल, मिलनबाबु श्रेष्ठ, गीता वाग्ले, बलराम पौडेल, रीना गुरुङ, चितवनका राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, भरतपुर अस्पतालका मेसु कृष्णप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।




