शिक्षकको प्रश्न–‘पढाउन जाने कि निमेग ?’

विप्लव काफ्ले भरतपुर, १७ कात्तिक सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी निरन्तर आन्दोलनमा छन् । यही क्रममा उनीहरुले ३२ सुत्रीय माग राख्दै तेस्रो चरणका आन्दोलन थालेका छन् । स्थानीय तहका मुख्य कार्यालयमा ३ घण्टा धर्ना तथा विरोधसभा गरी तेस्रो चरणको आन्दोलन थालिएको हो । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक कर्मचारीले चितवनका सातै स्थानीय तह कार्यालयमा शुक्रबार […]

हुलाकको बदलिदो स्वरुप

प्रमिता ढकाल भरतपुर, १७ कात्तिक हुलाक कार्यालय चितवनले डाँक परिवहन सेवा सञ्चालन गरेपछि सेवामा प्रभावकारिता बढेको छ । गत साउनमा कार्यालयमातहत रहने गरी ४ वटा मालबाहक सवारी ल्याइएपछि देशैभर चिठीपत्र तथा पार्सल सामग्री ओसारपसारमा सहजता आएको हो । २ ओटा पूर्व र २ ओटा पश्चिम चल्ने ट्रकले चितवनबाट ती क्षेत्र र अन्यन्त्रबाट चितवनसम्म चिठीपत्र तथा […]

रत्ननगर १६ तेस्रो बालमैत्री वडा

धु्रवराज खनाल रत्ननगर, १७ कात्तिक चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १६ जिल्लाको बालमैत्री तथा बालश्रममुक्त घोषित वडामा तेस्रो बनेको छ । शुक्रबार सो वडालाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको हो । यसअघि रत्ननगरकै वडा नम्बर ३ र ५ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको थियो । बालमैत्री नगर बनाउनका लागि रत्ननगर उद्योग वाणिज्य […]

विकासमा सहकार्य गर्न कांग्रेस तयार

भरतपुर, १७ कात्तिक नेपाली कांग्रेस चितवनले तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नारायणगढमा आयोजित कार्यक्रममा कांग्रेसका नेताले कांग्रेसलाई बलियो बनाउन ऐक्यबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाए । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्र्तगत चितवनमा पनि शुभकामना आदानप्रदान कार्यक्रमको गरिएको हो । कांग्रेसले शुक्रबार देशभर एकै साथ शुभकामना आदानप्रदान कार्यक्रम गरेको […]