झिलिमिलि बत्तीको कारोबार बढ्दै


विप्लव काफ्ले
भरतपुर, १४ कार्तिक
तिहार नजिकिएसँगै बजारमा झिलिमिलि बत्ती (झालर) खरिद गर्नेको चहलपहल बढेको छ । नारायणगढ, भरतपुर, टाँडी लगायतका मुख्य बजारमा विद्युतीय सामाग्रीका पसलले झालर बत्ती खरिद गर्ने क्रम बढेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलले उपभोक्तालाई खरिद गर्न पसलहरुले थोक बिक्रेताबाट झालर बत्ती खरिद गर्ने क्रम सुरु भएको बताए ।
“उपभोक्ताले करिव एक हप्तापछि खरिद गर्ने गर्छन्”, उनले भने, “झालर बत्ती गाउँ गाउँका बजारमा लैजान सुरु भएको छ, कारोबार बढेको छ ।” उनका अनुसार ६ थरीका झालर बत्ती बजारमा भित्रिएका छन् । लिड, जेल, दियो, डिस्को, नेट र स्टे«प झालर बजारमा आइपुगेको छ । “दुना र पालामा दीप प्रज्वलन गर्ने, मैनबत्ती बाल्ने प्रचलन हराउँदै गएको छ”, उनले भने, “विद्युतबाट बल्ने बत्तीनै उपभोक्ताको रोजाईमा पर्न थालेका छन् ।” तिहारमा लक्ष्मीपुजाका दिन अधिकाँस घरमा झिलिमिलि बत्ती बाल्न विद्युतीय बत्तीनै प्रयोगमा आउन थालेको छ । “नेपालमा तिहारमा करिव ६० करोड बराबरको झालर बत्तीको कारोबार हुन्छ”, उनले भने, “चीन, भारतबाट आयातित बत्तीनै तिहारमा खपत हुने गर्छ ।”
बजारमा बिक्रिका लागि राखिएका झालर बत्ती ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट आयात हुने गर्छ । “तिहारमा रातभर घर उज्यालो बनाउने प्रचलनन छ”, उनले भने, “स्वदेशमै झालर उत्पादन गर्ने सरकारले नीति लिए वर्षेनी अर्बौँ रकम विदेशीने क्रम रोक्न सकिन्थ्यो ।” लिड झालर, दियो लाइटलाई १ सय ५० देखि २ सय ५० सम्म, जेल झालर ६० देखि १ सय ५०, डिस्को बल्भ १ सय ५० देखि ३ सय ५०सम्म, नेट झालर २ सय देखि ७ सयसम्म, स्टिे«प झालर १ सय देखि २ सय रुपैयाँसम्म पर्छ । तिहारमा फूल, क्याण्डिल, क्याण्डिल पाइप, पाइप लाइट, लालटिन बल्ब, टेबल बल्ब, डिस्को लाइट, स्टिक लाइट, नेट लाइट, लेजर लाइटलगायतका विभिन्न बत्ती बाल्ने गरिन्छ । “चितवनमा करिव झाढे तीन करोडको झालर बत्तीको कारोबार हुन्छ”, उनले भने, “घरको आकार अनुसार प्राय लामा लामा झालर बत्ती उपभोक्ताको रोजाईमा पर्छन् ।” तिहारमा बेला अधिकाँसले घरमा बत्ती ‘फिटिङ’ को काम गर्नेगर्छन् ।
“झालर बत्ती प्राय तिहारमै खपत हुने गर्छ”, उनले भने, “यही बेला बिक्रि नभए एक वर्षसम्म मौज्जात राख्नुपर्छ, त्यसैले कम मुनाफा राखेर बिक्रि हुनेगर्छ ।” रातभर घर उज्यालो पार्दा लक्ष्मी खुशी हुने धार्मिक विश्वास छ । “गत वर्षका झालर पनि प्रयोग गर्न मिल्ने भएकाले आयात भएका सबै बत्ती बिक्रि हुदैन”, उनले भने, “आकर्षक डिजाइनका झालरले घर उज्यालो बनाउने सबैको चाहना हुन्छ, त्यही अनुसार नयाँ डिजाइनका झालर बजारमा भित्रिएका छन् ।” झालर जडान गर्दा व्यवसायीले केही रकम समेत लिने गर्छन् । विगतमा चीमबाट बल्ने बल्ब आयात हुदै आएपनि केही वर्ष यता लिडबाट बनेका झालरनै आउने गरेको छ ।
“विगतका झालरको तुलनमा कम विद्युत खपत गर्ने झालर भित्रिएका छन्”, उनले भने, “अहिले बढीमा ७ वाट खपत गर्ने झालर छन् ।” विगतमा एउटै झालरले ७० वाटसम्म विद्युत खपत गर्ने गर्दथ्यो । विद्युतीय सामाग्री खरिद गर्दा २० प्रतिशत भन्सार कर तिर्नुपर्छ । अध्यक्ष खरेलले एउटै घरमा २० हजारसम्म खर्चेर झालर बत्ती बाल्ने गरेको बताए । तिहारमा घर, पसल, बगैचा, बजार सजावट गर्न राती झालर बाल्ने गरेको पाइन्छ । महासंघमा २ हजार व्यवसायी आवद्ध छन् । चितवनमा १ सय ८० जना संघमा आवद्ध छन् । जसमध्ये करिव २० वटा थोक बिक्रेता छन् । “विद्युतीय सामाग्री आयात गर्दाको भन्सार दर मूल्यांकन गर्न कार्यदल बनाएर अघि बढ्नुपर्छ”, उनले भने, “भन्सार दर पुनरावलोकन भए सस्तोमा विद्युतीय सामाग्री उपभोक्ताले प्रयोग गर्न पाउने वातावरण बन्नेछ ।” सकेसम्म स्वदेशमै सबैप्रकारका विद्युतीय सामाग्री उत्पादन गर्ने वातावरण बनाउन लगानी गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट