ठुला योजनामा चार नगरपालिकाको सहकार्य

धु्रवराज खनाल
रत्ननगर, १३ कार्तिक
स्थानीय सरकारको रुपमा रहेको पूर्वीचितवनका चार नगरपालिकाले ठूला विकास निर्माणको काम र अत्यावश्यक साधन खरिद साझेदारीमा गर्ने सहमति गरेका छन् । भविष्यमा पूर्वका चार नगरपालिका समाहित गरेर महानगर भन्ने संभावनालाई मध्यनजर गर्दै ठुला विकासका काम साझेदारीमा गर्न नगरपालिकाका प्रमुखहरु सहमत भएका हुन् ।
यहाँको पर्यटन, ल्याण्डफिल्ड साइड, नदी व्यवस्थापन, रिङरोड सहकार्यमा निर्माण गर्ने सहमति भएको खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले बताए । पूर्वी चितवनमा खैरहनी, रत्ननगर, राप्ती र कालिका नगरपालिका छन् । रिङरोडका लागि सौराहादेखी लोथर सम्म र भण्डारादेखी पदमपुर सम्म करिव करिव बाटो निर्माण भइसकेको छ । ती बाटोका केही ठाँउमा पुल निर्माण गर्नु पर्ने हुन्छ । “आआफ्नो नगरको विकास सम्बन्धित नगरपाकिकाले छुट्टाछुट्टै गर्नेछन्”, खैरहनीका प्रमुख चौधरीले भने, “भविष्यलाई ध्यानमा राख्दै ठूला योजनामा साझेदारीमा काम गर्ने सहमति भएको छ ।” उनका अनुसार पर्यटन विकास, रिङरोड निर्माण र ल्याण्डफिल्ड साइड निर्माणमा नगरपालिकाले साझेदारीमा काम गर्नेछन् ।

पूर्वी चितवनका कुनै पनि नगरपालिकाहरुको स्थायी ल्याण्डफिल्ड साइड छैन् । रत्ननगर नगरपालिकाले पञ्चकन्या सामुदायिक वनको क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको छ भने खैरहनीले जग्गा भाडामा लिएर काम गरिरहेको छ । राप्तीले जग्गा भाडामा लिएपनि अहिले स्थानीयको विरोधका कारण फोहोर उठ्न सकेको छैन् । फोहोरको खासै समस्या नरहेपनि कालिकाले जग्गानै पाएको छैन् । विकास साझेदारीको रुपमा पहिलो चरणमा चार वटा नगरपालिकाहरुले तत्कालका लागि अत्यावश्यक रुपमा रहेको दमकल सयुक्त रुपमा खरिद गर्ने निर्णय गरेका छन् । खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीको पहलमा आइतबार बसेको चार नगरपालिकाको सयुक्त वबठकले दमकल खरिद गर्ने निर्णय गरेको हो ।
दमकल खरिदका लागि कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ । चार वटा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सदस्य रहने गरि समिति गठन गरिएको खैरहनीका नगर प्रमुख चौधरीले बताए । समिति सदस्यमा रत्ननगरका प्रमुख प्रशासकिय अधिकृत बाबुलाल रेग्मी, खैरहनीका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्मा र राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाई सदस्य तथा कालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरी सदस्य सचिव रहेका छन् । सो समितिले दमकल खरिदका लागि लाग्ने रुपैया लगायत अन्य विषयमा विस्तृत अध्ययन गरेपछि खरिद प्रक्रिया अगाडी वढाईने रत्ननगरका नगर प्रमुख नारायण वनले बताए । यसअघि पनि पूर्वी चितवनमा रहेका चार वटा नगरपालिकाका प्रमुखहरुको वैठकपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा दमकल अनुदानका लागि पत्राचार गरेपनि कुनै प्रतिक्रिया नआएपछि चार नगरपालिकाले सयुक्त रुपमा समान रकम खर्च हुने गरी खरिद गर्ने निर्णय गरेको नगर प्रमुख वनले बताए । “पूर्वी चितवनमा दमकल अत्यावश्यक छ”, रत्ननगरका प्रमुख वनले भने, “अनुदान कुर्नु भन्दा यहाँका चारवटै नगरपालिकाले समान रकममा दमकल खरिद गर्न उपयुक्त ठान्यौँ ।” वैठकमा खैरहनीका नगर प्रमुख चौधरी,रत्ननगरका प्रमुख वन,राप्तीका नगर प्रमुख प्रभा बराल, कालिकाका प्रमुख श्रेष्ठ, खैरहनीकी उपप्रमुख सुनिता थपलिया, राप्तीका उपप्रमुख इमानसिंह लामा लगायत चार वटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट