अस्पतालबाट प्रमको सन्देश ः आपसी सद्भाव खलबल्याउने कार्य मान्य हुँदैन

१३ कात्तिक (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताउनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र […]

डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

१३ कात्तिक । भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई विशेष अदालत काठमाडौले भ्रष्टाचारी ठहर गरेको छ। श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवाना गर्ने फैसला मंगलबार सुनाएको हो। विशेष अदालतले सोबराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसलासमेत सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

बाढी पीडित मुसहरलाई नयाँ घर बनाइदै

रत्ननगर, १३ कार्तिक गत वर्षको साउनको अन्तिम सात आएको बाढीले बगाएर घरबारविहीन बनेका रत्ननगर ७ मालपुरका चारजना मुसहर समुदायको घर निर्माण गरिदै छ । सपना भिलेज सोसल इम्प्याक्ट, रत्ननगर नगरपालिका र वडा कार्यालयको लगानीमा विचल्लीमा परेका मुसहरका लागि घर निर्माण गरिएको हो । बाढीले घर लगेपछि आकासमुनी रात विताउदै आएका गणेश माझी,हरेन्द्र माझी,आदेश माझी र […]

आन्तरीक आय बढाउन सक्रिय महानगर

विप्लव काफ्ले भरतपुर, १३ कार्तिक भरतपुर महानगरले सबैप्रकार कर तथा राजश्व नजिकका वडाबाटै तिर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । सम्पत्तिकर, मनोरञ्जन कर, बहाल कर, विज्ञापन कर, दण्ड जरिवाना बाहेकका कर वडातहबाटै तिर्न मिल्ने व्यवस्था छ । महानगरले वडातहबाटै कर तथा राजश्व तिर्न मिल्ने गरी कर संकलन केन्द्र विस्तार गर्ने अभियानमा लागेको छ । भरतपुर […]

ठुला योजनामा चार नगरपालिकाको सहकार्य

धु्रवराज खनाल रत्ननगर, १३ कार्तिक स्थानीय सरकारको रुपमा रहेको पूर्वीचितवनका चार नगरपालिकाले ठूला विकास निर्माणको काम र अत्यावश्यक साधन खरिद साझेदारीमा गर्ने सहमति गरेका छन् । भविष्यमा पूर्वका चार नगरपालिका समाहित गरेर महानगर भन्ने संभावनालाई मध्यनजर गर्दै ठुला विकासका काम साझेदारीमा गर्न नगरपालिकाका प्रमुखहरु सहमत भएका हुन् । यहाँको पर्यटन, ल्याण्डफिल्ड साइड, नदी व्यवस्थापन, रिङरोड […]

१२ जना पक्राउ

भरतपुर, १३ कार्तिक जिल्ला प्रहरी कार्यालय चितवनले जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । भरतपुर–१३ स्थित चिन्ताहरण रेष्टुरेण्टमा बाजी थापेर कौडा जुवा खेलेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । १६ थान कोैडा, नगद १ लाख ११ हजार ९ सय रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए […]

सात प्रदेशमा कम्तीमा एउटा केबलकार चलाइने ः मन्त्री अधिकारी

भरतपुर, १३ कार्तिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले देशका सात वटा प्रदेशमा कम्तीमा एउटा केबलकार चलाइने बताएका छन् । मनकामना केवलकारको थप ३ गन्डोला सञ्चालनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको कुल अम्दानीको २५ प्रतिशत पर्यटनबाट हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले मनकामना मन्दिरको पुनःर्निर्माणको मोडेलबाट अन्य धार्मिक तथा […]

चितवनमा उत्पादनको तयारीमा ‘जैविक सेनिटरी प्याड’

प्रमिता ढकाल भरतपुर, १३ कार्तिक चितवनमा जैविक सेनिटरी प्याड उत्पादनको तयारी गरिएको छ । राधा पौडेल फाउण्डेसनको आर्थिक एवम् प्राविधिक अग्रसरता र न्यायका लागि सक्रिय महिला मञ्चको सहकार्यमा मितेरी जैविक प्याड उत्पादन गरीने भएको हो । फाउण्डेसनले भरतपुर ७ कृष्णपुरमा उद्योग स्थापना गरी जैविक प्याड उत्पादनको लागि अहिले तालिम सञ्चालन गरीरहेको छ । भारतको आकार […]

सरसफाई अभियान चलाउँदै भरतपुर

भरतपुर, १३ कार्तिक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र सरसफाई गरी सफा सुग्घर बनाउनु सम्पुर्ण महानगरवासीको सामूहिक दायित्व हुने बताएकी छिन् । सोमबार बिहान भरतपुर महानगरपालिकाको मुख्य केन्द्र भरतपुरको चौबीसकोठीमा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो बताएकी हुन् । मेयर दाहालले भरतपुर महानगरपालिका फोहोरमैलारहित बनाउनु पर्ने बताउँदै फोहोरमैला व्यावस्थापनमा नगरवासीको सक्रिय सहभागिता रहनुपर्ने बताइन् […]

चितवनमा देउसी दश बजेपछि खेल्न नपाइने

भरतपुर, १३ कार्तिक जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ । […]

धनधान्याञ्चलमा १ करोड ३० लाख संकलन

भरतपुर, १३ कार्तिक पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा जारी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको छैठौं दिन सम्ममा एक करोड ३० लाख रुपैया संकलन भएको छ । आधारभूत विद्यालय साविक पिठुवा ९ मा जारी महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिक महोत्सव – २०७५’ मा स्थानीय कृष्ण बहादुर नेपालले ३१ लाख ५० […]