भरतपुर, १३ कार्तिक
जिल्ला प्रहरी कार्यालय चितवनले जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । भरतपुर–१३ स्थित चिन्ताहरण रेष्टुरेण्टमा बाजी थापेर कौडा जुवा खेलेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । १६ थान कोैडा, नगद १ लाख ११ हजार ९ सय रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए । आइतबार राती मध्यरातमा प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई मुलुकी अपराध (संहिता) ऐन अन्तर््गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
यस्तै लागुऔषध चरेश सहित १ जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोली मुग्लिन बजारमा सवारी चेकजाँचका क्रममा चरेश सहित एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इच्छाकामना–४ का २१ वर्षिय आकाश गुरुङ छन् । गाडीमा लुकाइ राखेको अवस्थामा १ केजी १३४ ग्राम चरेश फेला परेको थियो । लागू औषध (नियन्त्रण) ऐन अन्र्तगत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको रेग्मीले बताए ।





