सरसफाई अभियान चलाउँदै भरतपुर


भरतपुर, १३ कार्तिक
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र सरसफाई गरी सफा सुग्घर बनाउनु सम्पुर्ण महानगरवासीको सामूहिक दायित्व हुने बताएकी छिन् । सोमबार बिहान भरतपुर महानगरपालिकाको मुख्य केन्द्र भरतपुरको चौबीसकोठीमा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो बताएकी हुन् ।
मेयर दाहालले भरतपुर महानगरपालिका फोहोरमैलारहित बनाउनु पर्ने बताउँदै फोहोरमैला व्यावस्थापनमा नगरवासीको सक्रिय सहभागिता रहनुपर्ने बताइन् । नगरवासीलाई आआफ्नो घर, टोल, छिमेक, राजमार्ग तथा सार्वजनिक पार्कहरूलाई अभियानकै रूपमा सरसफाई गर्न आग्रह गरिन् । भरतपुर महानगरपालिकाले सरसफाईलाई प्रभावकारी बनाउन साप्ताहिक रूपमा कार्यक्रम चलाउने बताउँदै उनले यसमा महानगरवासीको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।
बिहान साढे सात बजेदेखि सुरू भएको सरसफाई कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरका प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष अरूण पीडित भण्डारी, वे गु्रप, नेपाली सेना, नेपाल प्रहरी, टोल सुधार समितिका पधाधिकारी, महानगरपालिकाका कर्मचारी तथा नगर प्रहरीहरूको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट