भरतपुर, २८ असोज ।
नारायणगढ लायन्सचोक स्थित ‘द टाउन सेन्टर’ मा डुल्ला ब्राण्डको पसल सञ्चालनमा आएको छ । आइतबार उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतम र नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष निरञ्जन न्यौपानले सो ब्राण्डको अधिकृत बिक्रेता सोरुमको औपचारिक उद्घाटन गरे ।

डुल्ला ब्राण्डका जुत्ता, व्याग, चेल्सी बुट, वेल्ट, पर्स लगायतका करिव १ सय प्रकारका उत्पादन बिक्रिका लागि राखिने छ । स्वदेशमै निर्मित डुल्ला ब्राण्ड गुणस्तरीय र टिकाउ जुत्ताका रुपमा चिनिएको छ ।

पर्व ट्रेडिङले युवा पुस्ताले रोजाईमा पारेको डुल्ला ब्राण्डको जुत्तालाई चितवनको बजारमा भित्राएको छ । पर्व ट्रेडिङका सञ्चालक सूजन पौडेलले शुभारम्भको अवसर पारेर ५ प्रतिशत छुट दिइने बताए । डुल्ला ब्राण्ड शतप्रतिशत छालाको उत्पादन हो । अनलाइन मार्फत चितवनमा डुल्ला ब्राण्डका उत्पादनको माग बढी हुन थालेपछि पसल सञ्चालनमा ल्याइएको हो ।

पसल सञ्चालक विदुर पौडेलले आकर्षक र गुणस्तरीय उत्पादनका रुपमा चिनिएको डुल्ला ब्राण्डको बजार राम्रो हुने विश्वास गरे । हातलेनै बुनेको, आरामदायी र आकर्षक उत्पादन भएकाले यूवाको रोजाईमा डुल्ला ब्राण्ड पर्ने गरेको छ ।




