झमटा गीत मार्फत बलात्कारीलाई फाँसीको माग


धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१४ असोज ।पूर्वी चितवनको खैरहनीमा शनिवार जितियाको अवसरमा आयोजित झमटा गीत प्रतियोगितमा फरक दृश्य देखियो । एक बालिका बेहोस अवस्थामा लडिरहेकी थिइन् । दायाँ तर्फ वालिकाका परिवार रुदै थिए ।
त्यसको दायाँ तर्फ दुई युवाको घाँटीमा पाँसो लगाएको देखिन्थ्यो । देशमा पछिल्लो समय वढ्दै गएको महिला हिंसा,वलात्कार र वलात्कारपछि हत्याका घटनाको अन्त्यका लागि सांकेतिक विरोध स्वरुप झमटा गीत मार्फत सन्देश दिन खोजिएको थियो । खैरहनी नगरपालिका १२ कपिया स्थित साथी सङ्वा महिला समूहले झमटा गीतसंगै बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने नाटक प्रस्तुत गरिरहेका थिए । समूहले नाटक प्रस्तुत गरिरहँदा कार्यक्रमका अतिथी,दर्शकका आँखा रसाएको देखिन्थ्यो । त्यस्तै खैरहनी–१० वडगाउँका महिला समूहले पनि महिला हिंसा अन्त्य गर्नु पर्ने र त्यस्ता घटनामा सलग्नलाई कडा कारवाही गर्नु पर्ने माग गर्दै झमटा गीतसहित नाटक देखाएका थिए ।
सारमा ति समूहले बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने सन्देश दिइरहेका थिए । त्यस्तै महिला हिंसा अन्त्य गरौ, सम्भ समाज निर्माण गरौँ, वलात्कारीलाई फाँसी दे जस्ता नारा लेखिएको प्ले कार्ड प्रर्दशन गरेका थिए । थारु महिलाहरुको झमटा गीतका लागि थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर ७ ले चाँजोपाँजो मिलाएको थियो । खैरहनी नगरपालिकाको सहयोगमा थाकसले महिला हिंसा विरुद्धको आवाज शीर्षक दिएर नगर भित्रका महिला समूहबीच प्रतिस्पर्धा गराएको हो । थाकस क्षेत्रीय सभापति चुडामणी चौधरीले भने, “थारु समुदायको सस्कृति संरक्षणसंगै महिलामाथी हुने हिंसा अन्त्यका लागि प्रतियोगिता राखिएको हो ।”

संस्कृति संरक्षणका लागि शिक्षा
मेयर चौधरी खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले संस्कृति संरक्षणमा युवाहरुलाई जागरुक बनाउनु पर्ने बताएका छन् । जितियाको अवसरमा थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर ७ ले खैरहनीको पर्सामा आयोजना गरेको महिला हिंसा विरुद्धको आवाज विषयक झमटा गीत प्रतियोगिताको उद्घाटन गर्दै मेयर चौधरीले थारु सस्कृतिको संरक्षणमा युवाहरु जागरुक बनाउनु पर्ने बताए ।
“भाषा, संस्कृतिमा विकृती आउदै गरेको महसुस छ”, मेयर चौधरीले भने, “घरमा सानैदेखी आफ्नै भाषा बोल्ने, संस्कृतिलाई अगाल्ने गर्नु पर्छ ।” संस्कृति संरक्षणका लागि शिक्षाको पनि आवश्यकता पर्ने उनको भनाई थियो । “शिक्षाविना हामी केही कल्पना गर्न सक्दैनौँ”, मेयर चौधरीले भने, “विभिन्न जातजाति, भाषाभाषिको संरक्षणका लागि पनि शिक्षा अनिवार्य छ ।” थारु समुदायमा अझै पनि शिक्षाको पौच पुग्न नसकेको उल्लेख गर्दै उनले नगरपालिकाले पनि आदिवासी, जनजाती, विपन्न वर्गका विद्यार्थीका लागि शिक्षामा सहयोग गर्ने बताए ।
थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर ७ का सभापति चुडामणी चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाकी उपमेयर सुनिता थपलियाले महिला हिंसा निर्मुल पार्नका लागि सवैको सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रममा नेपाली काग्रेश नगर सभापति शशि खनिया, नेकपाका जगन्नाथ आचार्य, उद्योग वाणिज्य संघ खैरहनीकी उपाध्यक्ष शेषकुमार ओली, वडाध्यक्ष मनेजर चौधरी, टेकबहादुर थापा, थारु कल्याणकारीणी सभाका पूर्व केन्द्रीय सदस्य चन्द्रकुमार चौधरी, पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरी,क्षेत्र नम्वर ७ का सचिव दिपनारायण राउत लगायतले मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट