नारायणीको क्रुजमा ‘चियासँग कविता’ : विद्यार्थीले सुनाए अंग्रेजी कविता

गैंडाकोट, ३ असोज । जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोटको अंग्रेजी क्लबले विद्यार्थीमा पठन संस्कृति विकास तथा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले नारायणी नदीमा सञ्चालित क्रुजभित्र ‘चियासँग कविता’ कार्यक्रम आयोजना गरेको छ । शनिबार आयोजित कार्यक्रममा तीस जनाभन्दा बढी विद्यार्थीले अंग्रेजी भाषामा कविता वाचन गरेका थिए । नौलो र सिर्जनात्मक शैलीमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीले क्रुजमा […]

कृष्णभीरमा १८ दिनपछि दुईतर्फी यातायात सञ्चालन

भरतपुर, १ असोज । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड पुनर्स्थापना गरी आज बिहान ६ बजेदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका छन् । सडक विभागले नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम सम्पन्न गरेपछि यातायात सञ्चालनमा ल्याइएको हो । भदौ १० र १४ गते आएको बाढी तथा नदी […]

स्त्री चेतनाको उदय र नयाँ युगको सङ्केत — ‘महायुग’

भरतपुर, १४ माघ । नेपाली लेखक सङ्घ चितवनले सीमा आभासको ‘महायुग’ उपन्यासको विमर्श गरेको छ । पाठकसँग लेखक कार्यक्रमको दोस्रो शृङ्खलामा महायुगमाथि विमर्श गरिएको हो । विमर्श कार्यक्रममा समीक्षक नरेन्द्र पौडेल र पत्रकार एवम् लेखक सूर्यप्रकाश कँडेलसँग कवि सामना पहाडले संवाद गरिन् । महायुग उपन्यास नारीवादी चेतनाबाट प्रेरित भए पनि नारीवादकै बहसमा सीमित नरहेको कँडेलले […]

गैंडाकोटमा `मुनामदन´ नाटक हेर्न विद्यार्थीको लस्कर

गैँडाकोट, २२ साउन । पोखरा थियटरले चितवनका कर्मी चौतारी र तरङ्ग नाट्य समूहलाई साथमा लिएर तयार पारेको नाटक ‘मुना–मदन’ गैँडाकोटमा मञ्चन भैरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुप्रचर्चित खण्डकाव्य ‘मुनामदन’को मुख्य कथालाई नाट्य रूपान्तरण गरेर उनीहरु चितवन आइपुगेका हुन् । समाज परिवर्तनको लागि विद्यार्थीहरुलाई प्रशिक्षित गराउने उद्देश्यसहित कविताको रूपान्तरित नाटक अहिले गैँडाकोटमा चलिरहेको छ । […]

दुलहीलाई चिटिक्क पार्ने भरतपुरको उजेली क्रियसन

भरतपुर, २३ जेठ । भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको चोकैमा छ – `उजेली क्रियसन´ । यो ब्राइडल बुटिक हो । परम्परागत सीप संरक्षण र प्रबर्द्धन योजना अन्तर्गत २०७७ सालबाट उजेली क्रियसन सञ्चालनमा ल्याइएको सञ्चालक विद्या पौडेलले बताइन् । उजेली क्रियसन विशेषगरी दुलही सिंगार्ने बुटिकका रूपमा परिचित छ । दुलहीलाई चिटिक्क बनाएर सिंगार्ने काम विद्याले गर्छिन् । दुलहीलाई […]