दुलहीलाई चिटिक्क पार्ने भरतपुरको उजेली क्रियसन

भरतपुर, २३ जेठ ।
भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको चोकैमा छ – `उजेली क्रियसन´ । यो ब्राइडल बुटिक हो । परम्परागत सीप संरक्षण र प्रबर्द्धन योजना अन्तर्गत २०७७ सालबाट उजेली क्रियसन सञ्चालनमा ल्याइएको सञ्चालक विद्या पौडेलले बताइन् ।

उजेली क्रियसन विशेषगरी दुलही सिंगार्ने बुटिकका रूपमा परिचित छ । दुलहीलाई चिटिक्क बनाएर सिंगार्ने काम विद्याले गर्छिन् । दुलहीलाई लगाइने आकर्षक लुगा पनि यहाँ पाइन्छ । विभिन्न भेराइटीका ड्रेसबाट दुलहीलाई सिंगारिने विद्या बताउँछिन् ।

दुलही सिँगार्ने कामसँगै मेहन्दी, हल्दी, गुन्युचोलो, व्रतबन्ध र चाडपर्व विशेषमा मान्छेलाई चिटिक्क पार्न विद्यालाई भ्याइनभ्याई देखिन्छ ।

`यहि कामको लागि पहिलेपहिले चितवनका मानिस काठमाडौंसम्म पुग्थे´ विद्याले भनिन् – `अहिले सबै काम यहीँ चितवनमा हुन्छ, बाहिर कतै जानू पर्दैन ।´ उजेली क्रियसन हिजोआज सेलीब्रेटीहरुको रोजाई बनेको विद्याले सुनाइन् । `सेलीब्रेटीहरुले पनि हामीलाई रोजाइमा पार्नुभएको छ । एलिना चौहान, समीक्षा अधिकारी, टिकटकर निसिदी, मोडल अञ्जना केसीलगायतका कलाकार अहिले नियमितरूपमा हामीसँग सेवा लिन आउनुहुन्छ´- विद्याले खुसी हुँदै बताइन् ।

बुटिकमा चाहिने कपडाहरु विद्याले भारतको दिल्ली, कलकत्ता र सुरतबाट ल्याउँछिन् । `बुटिकका लागि हिजोआज चाइनिज फेब्रीक राम्रो मानिन्छ । बुट्टा भर्नलाई प्रयोग गरिने चाइनिज र-मेटेरियल ग्राहकले पनि बेस्सरी रुचाएका छन्, चाइनिज फेब्रीक काठमाडौंबाट ल्याउने गरेका छौँ´, विद्याले बताइन् ।

पोशाकहरुको लागि अनलाइन अर्डर पनि आउने गरेको विद्याले सुनाइन् । `देश तथा विदेशबाट पनि अर्डर आउँछ, हामीले भिडियो मार्फत नै साइज र डिजाइन निश्चित गरेर अनलाइन सेवा पनि दिइरहेका छौँ´, विद्याले भनिन् – `हामीले उजेली क्रियसनको सेवाबाट ग्राहकलाई सन्तुष्ट बनाउन सकेका छौँ ।´

बुटिकमा विद्याको आफ्नै कारखाना छ । दक्ष कालीगढ राखेर उनले सेवा दिइरहेकी छन् । ग्राहकको रोजाइ अनुसारको डिजाइन गर्ने र स्टिचिङ गर्ने काम उनकै कारखानामा कालीगढले गर्छन् ।

उजेली क्रियसनको जन्म

लकडाउनका बेला विद्या खाली भइन् । लकडाउनले गर्दा कतिले चलाइरहेको व्यवसाय छाडे भने कतिले नयाँ व्यवसाय सुरु गरे । श्रीमान रामचन्द्र लम्सालसँग सल्लाह गरेर भाडामा लुगा दिने काम सुरु गरिन् । यहि कामले विद्यालाई आइडिया भयो र बुटिक सुरु गरिन् ।

सानैमा कस्तो थियो विद्याको रुचि ?

विद्या रेडियो सुनेर हुर्किएकी हुन् । रेडियोमा बोल्नेहरुलाई सुन्दा आफूलाई पनि रेडियोमा गएर बोल्ने रहर हुन्थ्यो । रहरै रहरमा सप्तगण्डकी क्याम्पसमा पत्रकारिता पनि पढिन् । रेडियो त्रिवेणीमा कार्यक्रम सञ्चालन गरेर, समाचार पढेर रेडियोमा बोल्ने रहर पनि पूरा गरिन् । उनलाई फेसन डिजाइन र पार्लरमा पनि रुचि थियो । २०७० सालमा रामचन्द्रसँग बिहे गरेकी विद्याले पत्रकारिताबाट भविस्य देखिनन् र लागिन् बुटिकतिर । भन्छिन् – `मलाई अहिले यहि पेशा ठिक लागेको छ । ग्राहकको माया पाएकी छु, विश्वास जितेकी छु, काममा आनन्द छ ।´

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट