भरतपुरका विपन्न महिलालाई सिलाइ मेसिन तथा व्यवसाय प्रवर्द्धन तालिम

चितवन, ७ असार । बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिकाका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई व्यवसाय प्रवर्द्धनसम्बन्धी सीप विकास तालिमसहित सिलाइ मेसिन तथा आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२, ४, ५, ७, ११ र १२ नम्बर वडाको सिफारिसमा प्रत्येक वडाबाट तीन–तीन जना गरी छनोट गरिएका महिलालाई […]

रास्वपा नेता–कार्यकर्तालाई गगन थापाको सुझाव : ‘आफ्ना नेताले गल्ती गरे प्रश्न गर्नुस्, हामीले जस्तो गल्ती नगर्नुस्’

चितवन, ७ असार । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्ना नेताले गल्ती गर्दा प्रश्न गर्न आग्रह गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले कुनै पनि पार्टी बलियो बन्न नेतृत्वप्रति अन्ध समर्थनभन्दा आलोचनात्मक चेत आवश्यक पर्ने बताए । आफूहरूबाट विगतमा भएका कमजोरीबाट शिक्षा […]

जनताको मन जित्न आग्रह गर्दै बालेन : ‘कसैले गुट बनाउने काम नगर्नुहोला’

चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न आग्रह गरेका छन् । उनले असल नेता र असल राजनीतिज्ञ बन्न कुनै एक समूहको नभई सम्पूर्ण जनताको मन जित्नुपर्ने बताउँदै पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधिबाट टाढा रहन नेता–कार्यकर्तालाई सचेत गराए । “एउटा असल […]

रास्वपा महाधिवेशनमा रवि लामिछाने : जनताको विश्वास जोगाउन परिणाममुखी राजनीति आवश्यक

चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्न पार्टीका नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टी कुनै व्यक्ति विशेषका कारण नभई जनताको चाहना र विश्वासबाट स्थापित भएको उल्लेख गर्नुभयो । उहाँले जनताको अपेक्षा अनुरूप सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित […]

शिक्षाप्रेमी युवराज बगालेको ‘फाल्गुनी’ कवितासङ्ग्रह भव्य समारोहबीच विमोचन

तनहुँ, ७ असार । शिक्षाप्रेमी तथा साहित्यप्रेमी व्यक्तित्व युवराज बगालेद्वारा लिखित कवितासङ्ग्रह ‘फाल्गुनी’ को आइतबार आँबुखैरेनीस्थित छिम्केश्वरी पार्टी प्यालेसमा आयोजित भव्य समारोहबीच विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृतिको विमोचन गर्नुभएको हो । साहित्यकार तथा समीक्षक तेजविलास अधिकारी र रमेश प्रभातले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै ‘फाल्गुनी’ले समकालीन नेपाली […]