देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा हुँदै

चितवन, २० जेठ । देशभरका फेन्सी तथा कपडा व्यवसायीलाई एउटै छातामुनि संगठित गर्ने उद्देश्यले आगामी जेठ २३ र २४ गते चितवनमा राष्ट्रिय भेला आयोजना गरिने भएको छ । ‘नेपालभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला तथा फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण घोषणा कार्यक्रम’ नाम दिइएको उक्त भेला भरतपुरमा हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । […]
जेन्जी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता गर्न चितवनबाट सरकारलाई दबाब
चितवन, २१ जेठ । जेन जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह, चितवनले जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूमाथि दर्ता गरिएका मुद्दा तत्काल फिर्ता लिन, बन्दीहरूको निशर्त रिहाइ गर्न तथा आन्दोलनपछि भएको १० बुँदे सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । समूहले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेको […]
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र तीन तहबीच समन्वय अपरिहार्य : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, २० जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई संघीय संरचनाअनुसार पुनर्संरचना गर्न, कानुनी सुधार अघि बढाउन तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय स्थापित गर्न आवश्यक रहेको बताएका छन् । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ अन्तर्गत गठित सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको बुधबार बसेको […]
विश्व साइकल दिवसमा पोलर स्टार स्कुलद्वारा सचेतनामूलक साइकल र्याली

भरतपुर, २० जेठ । विश्व साइकल दिवसको अवसरमा पोलर स्टार सेकेन्डरी बोर्डिङ स्कुलले स्वस्थ जीवनशैली प्रवर्द्धन तथा साइकल प्रयोगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक साइकल र्याली आयोजना गरेको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न र्यालीले नियमित साइकल प्रयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने सन्देश दिएको थियो । सहभागीहरूले विद्यालय परिसर […]
डेजी र सुनगाभाका विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

खैरहनी, २० जेठ । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै खैरहनीस्थित डेजी स्कुल तथा सुनगाभा कलेजमा लागुऔषध दुर्व्यसन, साइबर अपराध र ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय खैरहनीको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्भावित अपराध तथा दुर्घटनाबाट जोगिने उपायबारे […]