पारिजात स्मृति दिवस : चितवनमा तीनजना स्रष्टा सम्मानित

भरतपुर, १२ वैशाख । साहित्य सङ्गम चितवनको आयोजनामा ३३औँ पारिजात स्मृति दिवसका अवसरमा भरतपुरस्थित नारायणी माध्यमिक विद्यालयमा साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान पुर्याएका तीनजना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा खड्गनारायण गणेश–लक्ष्मी श्रेष्ठ स्मृति राष्ट्रिय नारी प्रतिभा पुरस्कार २०८२ झापाकी भवानी क्षेत्रीलाई, नेत्रमाया–मुक्तिनाथ भट्टराई स्मृति राष्ट्रिय पुरस्कार २०८२ पाल्पाका आर.बी. निश्चललाई […]
सुकुम्बासी बस्तीमा डोजर : सन्देश, सन्तुलन र जिम्मेवारी (सम्पादकीय)

थापाथलीमा अवैध रूपमा बसोबास गर्दै आएकाहरूको बस्ती हटाउने सरकारी कदमले एकैपटक धेरै प्रश्न र सन्देशहरू सतहमा ल्याएको छ। “एउटा स्टाटसले कति फरक पार्छ” भन्ने अनुभूति यस घटनाले पुनः पुष्टि गरेको छ । राज्य प्रमुखको स्पष्ट अभिव्यक्तिपछि प्रशासन सक्रिय हुनु र काम शान्तिपूर्ण रूपमा अघि बढ्नुले आमजनतामा “सरकार बोले पुग्छ” भन्ने मनोविज्ञान अझै बलियो रहेको संकेत […]
भीरकोटमा ‘बतासे प्रेम’को बहार : मुक्तककार मुनालको कृति लोकार्पणसँगै सृजनात्मक उत्सव

स्याङ्जा, बलमाटा, १२ वैशाख । युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ को लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम–२०८३ सम्पन्न भएको छ । ८३ वटा मुक्तक सङ्ग्रहीत उक्त कृतिले स्याङ्जाको साहित्यिक वृत्तमा नयाँ उत्साह थपेको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भमा भीरकोट नगरपालिका–७ वडा कार्यालयको आयोजनामा बलमाटास्थित कालिका […]
चितवनमा मुक्तक महफिल: ‘प्रेमको सुगन्ध’ र ‘अनिदो मन’ माथि विमर्श

भरतपुर, १२ वैशाख । मुक्तक मञ्च चितवनको आयोजनामा चितवन साहित्य परिषद्मा खुला मुक्तक वाचन तथा पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युवा मुक्तककार निर्दोष जीवनको ‘प्रेमको सुगन्ध’ र राजन बिफल पौडेलको ‘अनिदो मन’ कृतिमाथि विमर्श गरिएको थियो । ‘अनिदो मन’ माथि समालोचक रमेश प्रभात र ‘प्रेमको सुगन्ध’ माथि पुष्प अधिकारी अञ्जलीले समीक्षात्मक धारणा […]
कपिल सर, तपाईंका गजलमा मतला र मकता कसरी चिन्ने ?

आरम्भमा केही बाहिरी कुरा तपाईंले कपिल अज्ञातको नयाँ गजल कृति ‘मनको तराना’ पढ्नुभयो ? यदि पढ्नुभयो भने त्यसका बारेमा केही कुरा गरौँ है ? कृतिका बारेमा कुरा गर्दा सधैँ औपचारिक कुरा मात्र कति गर्नु है ? यो आलेख सुरु गर्नुअघि अनौपचारिक खालको एउटा संवाद राख्छु ल : रमेशकुमार पौडेल : यी गजलका सेरहरु त कति […]
अभिव्यक्ति स्वतन्त्रताको उच्चतम प्रयोग साहित्यमा गर्न सकिन्छ : पोखरेल

भरतपुर, १२ वैशाख । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राजनीतिक विश्लेषक विपुल पोखरेलको `सङ्कल्पन´ पुस्तक हालै सार्वजनिक भएको छ । उक्त पुस्तकले पत्रकारिता र साहित्यबीचको सम्बन्ध, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास तथा विचार प्रवाहका विविध आयामलाई समेटेको छ । यसै सन्दर्भमा लेट्स टक चितवनको आयोजनामा शनिबार भरतपुरमा ‘लेखन र पत्रकारितामा विपुलको सङ्कल्पन्’ विषयक विमर्श कार्यक्रम सम्पन्न […]
भरतपुरमा आजदेखि रियल इस्टेट महासभा सुरु

चितवन, १२ वैशाख । नेपाल जग्गा तथा आवास विकास महासंघको चौथो वार्षिक महासभा आजदेखि भरतपुरमा सुरु हुँदैछ । महासभाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघको व्यवस्थापनमा सञ्चालन हुने महासभा शनिबारदेखि औपचारिक रूपमा सुरु हुन लागेको संघका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । महासभाबाट “चितवन घोषणापत्र” जारी गरिने […]