स्वास्थ्य बिमा गरेका सेवाग्राहीलाई दिइँदै आएको बिमा सुविधा कटाैती

काठमाडौं, १९ माघ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका सेवाग्राहीलाई दिइँदै आएको बिमा सुविधा कटाैती गरेको छ । बोर्डले अब एक वर्षमा २५ हजार रुपैयाँसम्मको मात्रै बहिंरग (ओपिडी) सेवा लिन पाउने व्यवस्था गरेको छ । आर्थिक संकट र बढ्दो वित्तीय भारका कारण व्ययभार नियन्त्रण गर्न बीमा सुविधा कटौती गरेको स्वास्थ्य बोर्डले जानकारी दिएको हो […]
विकास कामी (स्नेही) विजय संकल्पसहित चितवन–१ मैदानमा

चितवन, १९ माघ । चितवन–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका युवा नेता विकास कामी (स्नेही) प्रतिनिधि सभा उम्मेदवार बनेका छन् । उनी “मिशन चितवन–१ : ४० दिने विजय संकल्प” कार्ययोजना अनुसार घरदैलो, डिजिटल प्रचार र मतदान परिचालनमा ध्यान दिनेछन् । उनको एजेन्डा भूमिहीनलाई लालपुर्जा, किसानका लागि मल बैंक, युवालाई रोजगारी र उद्यमका अवसर सिर्जना जस्ता व्यवहारिक […]
चितवनमा नेपालकै पहिलो सालक सम्मेलन हुने

भरतपुर, १९ माघ । चितवनमा नेपालमै पहिलोपटक सालक सम्मेलन आयोजना हुने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा आगामी माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । डिभिजन वन कार्यालय चितवनको व्यवस्थापनमा माडी नगरपालिकामा आयोजना हुने सम्मेलनमा बागमती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालय प्रमुखहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय […]
केबलकारसँगै बन्दीपुर यात्रा थप सहज

तनहुँ, १९ माघ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक पहिचान र सांस्कृतिक धरोहरले भरिएको बन्दीपुर अब केबलकार सेवामार्फत झन् सहज र नजिक बनेको छ । हरियाली डाँडाकाँडा, मनमोहक दृश्य र शान्त वातावरणको अनुभव गराउँदै छोटो समयमा बन्दीपुर पुग्न सकिने यो केबलकार सेवा पर्यटकका लागि विशेष आकर्षणको रूपमा विकसित हुँदै गएको छ । परिवार, साथीभाइ तथा एक्लै यात्रा […]
मकवानपुरमा अवैध गाँजा तथा अफिमखेती नष्ट

मकवानपुर, १९ माघ । मकवानपुरको कैलाश गाउँपालिकामा अवैध रूपमा गरिएको गाँजा तथा अफिमखेती फँडानी गरी नष्ट गरिएको छ । माघ १६ गते शुक्रबारदेखि १८ गते आइतबारसम्म बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरलगायत मातहत प्रहरी कार्यालयहरूबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका अन्तर्गत वडा नम्बर १, २, ५, ६, ७ र ८ […]