चितवन, १९ माघ ।
चितवन–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका युवा नेता विकास कामी (स्नेही) प्रतिनिधि सभा उम्मेदवार बनेका छन् । उनी “मिशन चितवन–१ : ४० दिने विजय संकल्प” कार्ययोजना अनुसार घरदैलो, डिजिटल प्रचार र मतदान परिचालनमा ध्यान दिनेछन् ।
उनको एजेन्डा भूमिहीनलाई लालपुर्जा, किसानका लागि मल बैंक, युवालाई रोजगारी र उद्यमका अवसर सिर्जना जस्ता व्यवहारिक मुद्दामा केन्द्रित छ । इमानदार नेतृत्व, सामाजिक न्याय र दिगो विकासमा उनको प्रतिबद्धता रहेको छ ।





