स्वास्थ्य बिमा गरेका सेवाग्राहीलाई दिइँदै आएको बिमा सुविधा कटाैती

काठमाडौं, १९ माघ ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका सेवाग्राहीलाई दिइँदै आएको बिमा सुविधा कटाैती गरेको छ ।

बोर्डले अब एक वर्षमा २५ हजार रुपैयाँसम्मको मात्रै बहिंरग (ओपिडी) सेवा लिन पाउने व्यवस्था गरेको छ । आर्थिक संकट र बढ्दो वित्तीय भारका कारण व्ययभार नियन्त्रण गर्न बीमा सुविधा कटौती गरेको स्वास्थ्य बोर्डले जानकारी दिएको हो ।

बोर्डले अब सुविधा थैलीमा रहेको ओपीडी सेवा प्रयोगमा प्रतिपरिवार बढीमा पाँच जनाको वार्षिक २५ हजार बराबरको सुविधा र प्रत्येक थप एक सदस्यको पाँच हजार बराबरको सेवा निर्धारण गरेको जनाएको छ । साथै बाँकी ओपिडी तथा आकस्मिक स्वास्थ्य सेवामार्फत उपयोग गर्न सकिने सेवा यथावत् रहेको बोर्डले जनाएको छ ।

नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी साथै व्ययभार कम गर्ने उद्देश्यले फागुन १ गतेदेखि सो व्यवस्था सञ्चालनमा आउने बोर्डले जनाएको छ । यसअघि स्वास्थ्य बिमा गरेका व्यक्तिले चाहेअनुसारको रकम ओपिडीमा खर्च गर्न सक्ने व्यवस्था थियो ।

बिमा नियमावली अनुसूची ६ बमोजिम ८ प्रकारका कडा तथा दीर्घरोगको उपचारको विषयमा हाल व्यवस्था भएबमोजिम नै हुने बोर्डले जनाएको छ । स्वास्थ्य बिमाबाट हुने उपचारमा ७१ प्रतिशत बिमा रकम ओपीडीमा खर्च हुने गरेको छ । १० प्रतिशत आईपीडी र १० प्रतिशत इमर्जेन्सी सेवामा खर्च हुने स्वास्थ्य बोर्डको तथ्यांकमा उल्लेख छ ।

बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लले हाल स्वास्थ्य बिमा बोर्डसँग आबद्ध पाँच सय १० वटा सेवा प्रदायक संस्थाको करिब १२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट