केबलकारसँगै बन्दीपुर यात्रा थप सहज

तनहुँ, १९ माघ ।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक पहिचान र सांस्कृतिक धरोहरले भरिएको बन्दीपुर अब केबलकार सेवामार्फत झन् सहज र नजिक बनेको छ ।

हरियाली डाँडाकाँडा, मनमोहक दृश्य र शान्त वातावरणको अनुभव गराउँदै छोटो समयमा बन्दीपुर पुग्न सकिने यो केबलकार सेवा पर्यटकका लागि विशेष आकर्षणको रूपमा विकसित हुँदै गएको छ ।

परिवार, साथीभाइ तथा एक्लै यात्रा गर्ने सबैका लागि सुरक्षित, आरामदायी र रोमाञ्चक मानिएको बन्दीपुर केबलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भ्रमणतर्फ थप आकर्षित गरेको छ ।

यस परियोजनाले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको सम्बन्धित पक्षले जनाएको छ ।

बन्दीपुर भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने, केबलकार यात्रा नछुटाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट