नहरमा मोटरसाइकल खस्दा चालकको मृत्यु

चितवन, १४ माघ । भरतपुर–१६ का ४० वर्षीय बिनोद सुवेदी राधापुरस्थित नहरको पुलबाट मोटरसाइकल अनियन्त्रित भएर नहरमा खस्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सरकारी अस्पताल पुर्‍याइँदा राति करिब ९ बजे चिकित्सकले मृत घोषणा गरे । घटना बारे इलाका प्रहरी कार्यालय गीतानगरको टोली घटनास्थलमा खटिएको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।

स्त्री चेतनाको उदय र नयाँ युगको सङ्केत — ‘महायुग’

भरतपुर, १४ माघ । नेपाली लेखक सङ्घ चितवनले सीमा आभासको ‘महायुग’ उपन्यासको विमर्श गरेको छ । पाठकसँग लेखक कार्यक्रमको दोस्रो शृङ्खलामा महायुगमाथि विमर्श गरिएको हो । विमर्श कार्यक्रममा समीक्षक नरेन्द्र पौडेल र पत्रकार एवम् लेखक सूर्यप्रकाश कँडेलसँग कवि सामना पहाडले संवाद गरिन् । महायुग उपन्यास नारीवादी चेतनाबाट प्रेरित भए पनि नारीवादकै बहसमा सीमित नरहेको कँडेलले […]

बागमती प्रदेशका सबै सार्वजनिक संरचना अपाङ्गतामैत्री बनाइने

मकवानपुर, १४ माघ । बागमती प्रदेशभित्र निर्माण हुने सबै भौतिक संरचनालाई पूर्ण रूपमा अपाङ्गतामैत्री र सर्वसुलभ बनाउन ‘सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त निर्देशिका तयार गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । सरकारले तत्काल मन्त्रिपरिषद्बाट […]

गैरकानुनी सम्पत्ति आर्जन आरोपमा भरतपुरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, १४ माघ । भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धानमा करिब ६ करोड ७८ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ । अख्तियारले बिगो जफत तथा कानुनअनुसार सजायको माग गरेको छ ।

भरतपुर महानगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय स्कुल प्रथम

भरतपुर, १४ माघ । भरतपुर महानगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय पब्लिक स्कुल प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा प्रेरणा इङ्लिस स्कुलले द्वितीय स्थान हासिल गर्दा नारायणी पब्लिक स्कुल तृतीय स्थानमा चित्त बुझाउन बाध्य भयो । पोलर स्टार अङ्ग्रेजी माध्यमिक विद्यालयको २९ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पोलर स्टारद्वारा आयोजित […]