चितवन, १४ माघ ।
भरतपुर–१६ का ४० वर्षीय बिनोद सुवेदी राधापुरस्थित नहरको पुलबाट मोटरसाइकल अनियन्त्रित भएर नहरमा खस्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सरकारी अस्पताल पुर्याइँदा राति करिब ९ बजे चिकित्सकले मृत घोषणा गरे ।
घटना बारे इलाका प्रहरी कार्यालय गीतानगरको टोली घटनास्थलमा खटिएको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।





