भरतपुर महानगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय स्कुल प्रथम

भरतपुर, १४ माघ ।
भरतपुर महानगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय पब्लिक स्कुल प्रथम भएको छ ।

त्यसैगरी प्रतियोगितामा प्रेरणा इङ्लिस स्कुलले द्वितीय स्थान हासिल गर्दा नारायणी पब्लिक स्कुल तृतीय स्थानमा चित्त बुझाउन बाध्य भयो ।

पोलर स्टार अङ्ग्रेजी माध्यमिक विद्यालयको २९ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पोलर स्टारद्वारा आयोजित उक्त प्रतियोगितामा भरतपुर महानगरभित्रका २१ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताले विद्यार्थीहरूमा शैक्षिक ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग पुर्‍याएको पोलर स्टार स्कुलका प्राचार्य दयानिधि अर्यालले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट