उरमाल : चिया बगानका श्रमिकको दु:खको झोली

मदन पुरस्कार–२०८१ प्राप्त गर्न सफल `उरमाल´ प्रसिद्ध नेपाली आख्यानकार छुदेन काविमोद्वारा लेखिएको दोस्रो उपन्यास पढेर सकेँ । उपन्यासको मुख्य कथा चिया बगानमा काम गर्ने श्रमिकहरूको जीवन, संघर्ष र तिनीहरूको सामाजिक तथा आर्थिक अवस्थामा आधारित छ । यी पात्रहरूको जीवन चियाका बोटझैँ एक–आपसमा जेलिएका र कलम काटेर फ्याँकिएका चियाका गाँछ झैँ अल्झिएका रूपमा प्रस्तुत गरिएको छ […]

जेनजी आन्दोलनका क्रममा मकवानपुरमा २१ वटा सरकारी कार्यालयमा क्षति

मकवानपुर, ११ कात्तिक । मकवानपुरमा गत भदौ २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा २१ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यसैगरी जिल्लामा १ सय ३४ वटा सवारी साधन जलेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क आन्दोलनका क्रममा अनुसार जिल्लास्थित १३ वटा सङ्घीय कार्यालय, प्रदेश अन्तर्गतका ८ वटा कार्यालय र २ वटा सार्वजनिक […]

हजुरआमाको खुलापत्र नातिनीलाई !

२०८२ कात्तिक १०, छठपर्व भरतपुर–१२, चितवन प्रिय नातिनी विदुषी, साउँको भन्दा ब्याजको माया भनेझैं, हामीले तिमीलाई यति धेरै माया दियौं कि त्यो मायालाई शब्दमा बयान गर्ने मेरो सामर्थ्य छैन । मैले मात्र किन हुन्थेँ र ? सबै हजुरआमाले आफ्ना नातिनीलाई त्यस्तै माया गर्नुहुन्छ सायद । सबैले आफ्ना अधुरा सपनाहरू आफ्नी नातिनीले पूरा गरेको देख्न चाहन्छन् […]

‘युगको तटमा उभिएर’ आह्वान गर्नेसँग

नेपाली साहित्यको क्षेत्रमा विमल वैद्य अपरिचित व्यक्ति होइनन् । पूर्वी नेपालबाट आफ्नो परिचयलाई फैलाउँदै आज कविता विधामा रुचि राख्ने प्रायः पाठकले पढ्न भ्याएको एउटा नाम कवि विमल वैद्य पछिल्लो समय आफ्नो चौँथो कविता कृति ‘युगको तटमा उभिएर’ (२०८०)का माध्यमबाट साहित्यका पाठकसामु उभिएका छन् । यसअघिका कविताहरू भन्दा अझ माझिएर आएका उनका कविताहरूले अलिकता आशा भित्रको […]

कवि भजुमनराम महतोको `कविता माला दिउवा´ लोकार्पण

चितवन, ११ कात्तिक । थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक धरोहरलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ अग्रज लेखक एवम् कवि भजुमनराम महतोको थारू भाषाको कवितासङ्ग्रह `कविता माला दिउवा´ सोमबार एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । कार्यक्रम नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा थारू लेखक संघका […]