मकवानपुर, ११ कात्तिक ।
मकवानपुरमा गत भदौ २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा २१ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यसैगरी जिल्लामा १ सय ३४ वटा सवारी साधन जलेका छन् ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क आन्दोलनका क्रममा अनुसार जिल्लास्थित १३ वटा सङ्घीय कार्यालय, प्रदेश अन्तर्गतका ८ वटा कार्यालय र २ वटा सार्वजनिक संस्थानमा तोडफोड तथा आगजनी भएको छ । जिल्लामा रहेका १८ वटा सङ्घीय कार्यालय, ६ वटा प्रदेश कार्यालय र एउटा सार्वजनिक संस्थानका गरी २५ कार्यालयको १३४ वटा सवारी साधनहरू जलाएको कार्यालयको विवरणमा उल्लेख छ । उक्त १३४ वटा सवारी साधनमा क्षति पुग्दा ४ करोड ८३ लाख ८४ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक विवरण रहेको छ ।
जिल्लाका कुल १३ वटा सङ्घीय कार्यालयका भवनमा क्षति पुग्दा ४ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने प्रदेशका ६ कार्यालयमा क्षति पुग्दा २ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । आन्दोलनले २ वटा सार्वजनिक संस्थानका भवनमा पनि क्षति पुर्याउँदा ४ करोड ७३ लाख ९ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । समग्रमा, ५ वटा सरकारी कार्यालयका भवनमा सामान्य, १४ आंशिक र २ वटामा पूर्ण क्षति पुग्दा १२ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।





